खोटाङका स्थानीय तहमा जनसंख्या घट्दै, छैन बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रम
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १२:६:०
१ असार, खोटाङ । खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक करण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय तहको जनसंख्या घटेको हो ।
जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसंख्या घटेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५.०४ प्रतिशतले जनसंख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ । २०६८ मा २२ हजार ४७४ जनसंख्या रहेको खोटेहाङको जनसंख्या २०७८ मा १६ हजार ८४६ मा झरेको छ ।
यस्तै, १० वर्षको अन्तरालमा जन्तेढुंगा गाउँपालिकाको जनसंख्या २२.२० प्रतिशतले घटेको छ । २०६८ मा १५ हजार ४४४ जनसंख्या रहेको जन्तेढुंगामा २०७८ मा १२ हजार १६ जनसंख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा २० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १४ हजार ३४९ जनसंख्या रहेको बराहपोखरीमा २०७८ मा ११ हजार ३९७ जनसंख्या देखिएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जनसंख्या १९।१८ प्रतिशतले घटेको छ । २०६८ मा २० हजार १७५ जनसंख्या रहेको दिप्रुङ चुईचुम्माको जनसंख्या २०७८ मा १६ हजार ३०५ मा झरेको छ । ऐसेलुखर्क गाउँपालिकामा १७.८९ प्रतिशतले जनसंख्या घटेको छ ।
२०६८ मा १६ हजार ९७ जनसंख्या रहेको ऐसेलुखर्कको २०७८ मा १३ हजार २१७ जनसंख्या कायम देखिएको छ । साकेला गाउँपालिकाको जनसंख्या १७ प्रतिशतले घटेको छ । २०६८ मा ११ हजार ५९४ जनसंख्या रहेको साकेलामा २०७८ मा ९ हजार ६२३ जनसंख्या गणनामा आएको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले जानकारी दिए ।
रावाबेँसी गाउँपालिकामा १६.२३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १३ हजार ३६९ जनसंख्या रहेको रावाबेँसीमा २०७८ मा ११ हजार १९९ जनसंख्या देखिएको छ । केपिलासगढी गाउँपालिकामा १३.४५ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा १५ हजार २८८ जनसंख्या रहेको केपिलासगढीको जनसंख्या २०७८ मा १३ हजार २३१ मा झरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको जनसंख्या ८.३१ प्रतिशतले घटेको छ । २०६८ मा २९ हजार ५३२ जनसंख्या रहेको हलेसी तुवाचुङमा २०७८ मा २७ हजार ७८ जनसंख्य गणनामा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८.३० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा ४६ हजार ९०३ जनसंख्या रहेको दिक्तेल रुपाकोट मझुवागढीमा २०७८ मा ४३ हजार ८ जना जनसंख्या देखिएको तथ्यांक कार्यालयले जानकारी दिएको छ । बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिँदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।
समग्र खोटाङमा १५.०३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालको जनगणनामा २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ मा १ लाख ७५ हजार २९८ जनसंख्या गणना गरिएको छ । जिल्लामा महिलाको जनसंख्या ८८ हजार ६६१ र पुरुषको जनसंख्या ८६ हजार ६३७ रहेको छ । २०६८ मा ४२ हजार ६४७ घर परिवार रहेको जिल्लामा २०७८ मा घर परिवार संख्या ४१ हजार ७५० रहेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार