मन्त्रालयगत बजेटमाथि सांसदको कटाक्ष : भौतिक मन्त्रालयको विनियोजित रकममा १ रुपैयाँ मात्र राखेर बाँकी कटौती गर्न माग
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १२:३०:५१
१ असार, काठमाडौं । प्रतिनिभिसभाको बैठकमा बिहिबारदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफल आज पनि जारी रहेको छ । बैठकमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे सांसदहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी राखेका छन् ।
यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । एमाले सांसद बसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा भौतिक तथा पूर्वाधार मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि ब्यंग्य गरेका छन् । उनले भौतिक र पूर्वाधार मन्त्रालयमा छु्ट्याइएको रकम १ रुपैयाँ मात्र कायम बाँकी कटौती गर्न माग गरेका छन् । नेम्वाङभन्दा अगाडि बोल्ने विपक्षी दलका सांसदले यसै मन्त्रालयका लागि छुट्याइएको बजेट रकममा एक रुपैयाँ कटौती गर्न सुझाव दिएका थिए ।
यो मन्त्रालयका लागि ५ अर्ब १७ कराेड रुपैयाँ छुट्याइएकोमा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा, अर्थमन्त्री डा. प्रकाशशरण महतको नुवाकोट, भाैतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाकाे निर्वाचन क्षेत्र रहेकाे जिल्ला सल्यान र सरकारका मुख्य घटक कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरामा विनियोजित रकमको ५१ प्रतिशत खन्याएको र बाँकी बजेट ७४ जिल्ला बाँडिएको पाइएपछि सांसद सुब्बासले कटाक्ष गरेका हुन् ।
डडेल्धुरामा ११० कराेड, नुवाकाेटमा ६६ कराेड, सल्यानमा ३० कराेड, गाेरखामा ४७ कराेड विनियाेजन गरिएकाे छ ।
अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षका लागि ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करो रुपैयाँको वार्षिक बजेट संसदमा पेस गरेका छन् । बजेट विभेदकारी रहेको भन्दै सत्ता पक्षकै सांसदहरुले बजेटको समर्थन गर्न नसकिने बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार