वादीका तर्फबाट सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १३:४३:४७
१ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैंमा जारी बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि शुक्रबार नै थुनछेक आदेश आउने भएको छ । गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो ।
वादीका तर्फबाट बहस गर्ने सरकारी वकिल र कानुन व्यवसायीहरूले प्रतिवादीहरुलाई बाहिर छाड्दा प्रमाण नष्ट गराउन सक्ने र जाहेरवालालाई नै खतरा भएको भन्दै उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका छन् ।
शुक्रबार सरकारी वकिलका तर्फबाट भएको जवाफी बहसमा सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जावाफी बहस गर्दै प्रतिवादीहरुलाई थुनामै राख्नुपर्ने माग गरेका थिए ।
जाहेरवालाको तर्फबाट बहस गर्ने भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र ध्रुवलाल श्रेष्ठले पनि प्रतिवादीहरुलाई बाहिर छाड्दा झनै खतरा हुने र उनीहरूलाई हुने सजाय तीन वर्षभन्दा बढी हुने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर लिएका छन् ।
सहन्यायाधिवक्ता एवं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले प्रमाण नष्ट भएका उदाहरणहरू पेश गर्दै आरोपितहरुलाई धरौटीमा छाड्न नहुने बताए । ‘टोपबहादुर रायमाझीले आफू पक्राउ हुने निश्चित भएपछि मोबाइल नै फाल्नुभयो, त्यसले कयौं प्रमाण नष्ट भयो । बालकृष्ण खाँणले सचिवले पठाएको कागज च्यातेर प्रमाण नष्ट गर्न खोज्नुभयो । यो भन्दा अर्को उदाहरण के चाहियो ?’ उनले भने, ‘राज्यलाई नै असफल बनाउन खोज्ने यो अपराधलाई सामान्य ठगी वा लेनदेनको मुद्दा सम्झिन मिल्दैन । आरोपितहरु थुनिनुपर्ने अवस्थामा छन् ।’
सरकारी वकिल र जाहेरीवालाहरुको समेत जवाफ सुनिसकेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपाने उठेका थिए । उनी गएपछि इजलासमा रहेकाहरु कुरेर बसेका छन् । आदेश नआउञ्जेल आरोपितहरुलाई प्रहरीको सुरक्षा घेरामा इजलासमा नै राखिनेछ । केही घण्टामा इजलासले आदेश सुनाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार