हिसान शैक्षिक मेलाबारे संसद कुरा उठ्यो, काठमाडौं महानगरले यथास्थितिमा मेला गर्न नदिने
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १४:२१:२९
१ असार, काठमाडौं । उच्च माध्यमिक विद्यालय (हिसान)को आयोजनामा भृकुटीमण्डपमा बिहीबार सुरु भएको ‘शैक्षिक मेला २०८०’ स्थगनबारे प्रतिनिधिसभाको बैठकमा कुरा उठेको छ ।
एमालेका सांसद एवं सचेतक महेश बर्तौलाले शिक्षा मन्त्रालयको स्वीकृतिमा शुरु भएको मेला काठमाडौं महागरपालिकाले बन्द गराएको भन्दै विरोध गरेका छन् । मेला हेर्न आएका विद्यार्थीहरु अन्यौलमा परेको उनले बताए । उनले आजबाट मेला सुरु भएको भने । लगत्तै रास्वपाका सांसद मनिष झाले मेला बिहीबारबाटै बन्द गरिएको र स्थानीय तहको अधिकारभित्रै रहेर काठमाडौं महानगरले बन्द गराएको बताए । यसपछि मेलबारे दोहोरी अन्त भयो । मेलाको उद्घाटन शुक्रबार सभामुख देवराज घिमिरेले गरेका थिए ।
महानगरले महानगरको निर्देशनको उल्लंघन गरेको भन्दै महागर प्रहरी राजुनाथ पाण्डेको नेतृत्वमा गएको टोलीले बिहीबार दिउँसोबाट बन्द गराएको थियो । मेला स्थलमा महानगर प्रहरी तैनाथ छन् । प्रमुख पाण्डेले तत्कालको अवस्थामा मेला सञ्चालन गर्न नदिन भन्ने आदेश रहेको बताए ।
मेलाका विषयमा महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको जनाइएको छ । मेलामा विभिन्न स्टल स्थापना गरी विद्यालयहरुले कक्षा ११ र स्नातक तहमा भर्नाका लागि फाराम र र शुल्क शीर्षक वितरण गरेको पाइएपछि मेला बन्द गराएको महानगरको भनाइ छ ।
महानगरको शिक्षा विभागले यसअघि नै महानगरभित्र संचालित विद्यालयहरुलाई परिपत्र गरेर एसईई परीक्षाको रिजल्ट आउनुअघि कक्षा ११ को भर्नासम्बन्धी कुनैपनि प्रक्रिया र गतिविधि नगर्न निर्देशन गरेको थियो । एसईईको नतिजा आइसकेको छैन । असारको दोस्रो हप्तातिर आउने ठानिएको छ । नतिजा नआउँदै निजी क्षेत्रका माविहरुले लाखौं रुपैयाँ खर्च मेलामा खर्च गर्ने र उक्त खर्च विद्यार्थीबाट उठाउँदै आइरहेका छन् ।
महानगरले महानगरभित्र शिक्षण संस्थामा संचालन हुने विभिन्न तहका परीक्षाका बेला शैक्षिक परामर्शदाताहरुलाई पर्चा बाँड्न र विज्ञानसम्बन्धी पम्लेट, पोष्टर वितरणमा पनि रोक लगाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार