एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १६:४५:६
•दीपक शर्मा
१ असार, बर्दिया । एम्बुलेन्स खरिदका लागि स्थानीयबासीहरुले उठाएको रकम पालिकाले मनोमानी खर्च गरेको पाइएको छ । बर्दियाको बढैयाताल गाँउपालिकालाई स्थानीयबासी तथा विदेशमा रहेका व्यक्तिहरूले नगद ११ लाखभन्दा बढी रकम बुझाएको २ वर्ष बितिसकेता पनि अझै एम्बुलेन्स नआएको भन्दै स्थानीयबासीहरुले खोजीनीति गरेका हुन।
कालिका स्वास्थ्य सेविकाहरुले आवश्यकता भएको भन्दै स्थानीयबासी तथा सोही क्षेत्रका विदेशमा रहेकाहरूले आर्थिक सहयोग गरेका थिए । ११ लाख रुपैयाँ भन्दा केही बढी रकम तत्कालीन पालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । श्रेष्ठले बाँकी अपुग रकम पालिकाले व्यहोर्ने गरी एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाएका थिए ।
आज २ वर्ष भैसकेतापनि २०७९ सालमा नव निर्वाचित पालिका अध्यक्ष हिमालय त्रिपाठीले त्यो विषयमा गम्भीरता नदेखाएको स्थानीयबासीहरुकाे भनाई रहेको छ । तत्काल आवश्यक भन्दा पनि अन्य आवश्यक नभएका विषयमा बजेट छुट्याउने र काम गर्ने तथा कमिसन खाने तर एम्बुलेन्स खरिदका लागि कुनै वास्ता नगरेको स्थानीयबासीहरुकाे भनाई रहेको छ ।
वर्तमान पालिका अध्यक्ष हिमालय त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीको योजना अनुसार नै एम्बुलेन्स खरिद प्रकृयालाई पछाडि धकेलेको बुझिएको छ । तत्कालीन अवस्थामा जम्मा गरिएको ११ लाख रूपैयाँ समेत हिनामिना भएको हुन सक्ने स्थानीयबासीहरुको भनाई रहेको छ ।
११ लाख रुपैयाँमा पालिकाले थप रकम राखेर एम्बुलेन्स खरिद प्रकृयालाई अगाडि बढाउनु पर्नेमा वास्ता नगरेका कारण स्थानीयबासीलाई अस्पतालसम्म विरामी लिएर जाँदा महँगो शुल्क तिर्नु पर्ने वाध्यता रहेको छ । प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले ११ लाख रूपैयाँमा थप गरी २० लाखभन्दा बढीको रकम करिब १ वर्ष अगाडि नै बुझाइसकेको बताए । भन्सार छुटको प्रकृया मिलाउँदा ढिलो भएको उनको भनाई रहेको छ ।
पालिका स्रोतका अनुसार एम्बुलेन्स खरिदका लागी अग्नी नामक कम्पनीलाई जिम्मा दिइएको हो । प्रकृया लामो भएका कारण तथा एम्बुलेन्स संचालन कार्यविधि नबनाइएको हुँदा अझ ढिला भएको बढैयाताल गाँउपालिकाका सूचना अधिकारी कमल खडका थोकीले बताए ।
स्वास्थ्यचौकी कालिकाका इन्चार्ज राजेन्द्रबहादुर थापाले आफुहरुले सम्पूर्ण कागजात तथा रकम २ वर्ष पहिले नै पालिकालाई बुझाई सकेको बताए । हालसम्म एम्बुलेन्स किन आएन आफूलाई थाहा नभएको उनको भनाई रहेको छ । २ वर्षसम्म पनि एउटा एम्बुलेन्स खरिद गर्न नसक्ने पालिकाले स्थाथ्य क्षेत्रमा पालिका प्रमुख र कार्यकारी अधिकृतले लापरबाही गरेका कारण अन्य सेवाका विषयमा कति गम्भीर छन भन्ने आफै सोच्न सकिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार