नालापानीको च्यारिटीमा चलचित्र 'कोतपर्व'बारे जानकारी
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १७:३८:५८
१ असार, काठमाडौं । काठमाडौंमा आयोजित ऐतिहासिक नेपाली चलचित्र 'नालापानी'को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र 'कोतपर्व'बारे जानकारी गराईएको छ । वि।सं। १९०३ असोज २ गते काठमाडौंको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना 'कोतपर्व'मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले 'नालापानी' निर्देशन गरेका थिए ।
प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आथित्यतामा भएको सो च्यारिटी कार्यक्रममा 'कोतपर्व'का निर्देशक, लेखक तथा निर्माता परिचय गराईएको छ । यस चलचित्रका निर्देशक अधिकारीको कम्पनी 'रिमेश अधिकारी फिल्मस' र यस चलचित्रका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी 'श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्ट'को संयुक्त ब्यानरमा यो चलचित्र बन्ने जानकारी गराईएको छ । जसका कार्यकारी निर्माता शिवचन्द्र रहेका छन् भने आरसि शर्मा र सारदा खड्का अर्याल निर्माता र राजेन्द्र ढकाल 'राजु' र राजाराम सुवाल सह निर्माता रहेका छन् । ुकोतपर्वुलाई महेश दवाडीले लेखिरहेका छन् ।
'कोतपर्व'बारे विस्तृत जानकारी तथा कलाकारहरु र सम्पूर्ण टिमसहित केहि समयपछि पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने निर्देशक अधिकारीले बताए । उनले 'नालापानी' देखाएको मौका छोपी निर्माता टिम परिचय गराएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सात बर्ष लगाएर ऐतिहासिक चलचित्र 'नालापानी' बनाएकोमा धन्यवाद दिँदै नयाँ चलचित्र 'कोतपर्व'लाई सफलताको शुभकामना दिँदै नेपालमा पछिल्लो समय इतिहास बिर्सने, इतिहास नपढ्ने र कतिपय ऐतिहासिक दस्तावेजहरु हुनुपर्ने ठाउँमा नहुने देखिएको बताए । 'त्रिभुवन विश्वविद्यालय'मा अहिले इतिहाससँग सम्बन्धित प्राध्यापकहरु हुनुहुन्छ तर, पढ्ने विद्यार्थी छैनन् ।
जुन देशको कला संस्कृति र इतिहासमा यस प्रकारको विपद आउँछ, यसले सामजिक विचलन ल्याउँछू, ढकालले भने, 'कला, संस्कृति, धर्म र इतिहासको विचलन आउने बित्तिकै समाजमा विचलन आउँछ । हामीले ति लक्षणहरु भोगिसकेका छौँ ।' ढकालले आफ्ना छोराछोरीलाई हाम्रा गर्विला इतिहासलाई पढ्न, सुनाउन अग्रसर रहनैपर्ने बताए ।
नेपालीको कला र संस्कृतिलाई विश्वमाझ पुर्याउने उद्देश्यका साथ सक्रिय 'नेशनल डेल्फिक काउन्सिल नेपाल'ले आयोजना गरेको च्यारिटी कार्यक्रममा 'वीर विभुती बलभद्र कुँवर प्रतिष्ठान'का अध्यक्ष प्रा।डा। धनबहादुर कुँवर, 'महान योद्धा वीर बलभद्र स्मृति समाज'का अध्यक्ष रामराजा कुँवर 'बलभद्र कुँवरका पाँचौ पुस्ता' र 'कुँवर समाज'का अध्यक्ष डा। देशराज कुँवरलाई सम्मान प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
पुष २८, २०८१ आइतबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
तीव्र बन्दै गएको आगो निभाउन अमेरिकाले खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार