बलात्कार आरोपित उपप्राध्यापक शर्मा जेल चलान
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १७:५५:२७
१ असार, काठमाडौं । बलात्कार अभियोगमा न्यायिक हिरासतमा रहेका दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक ५५ वर्षीय शेषमणि गौतम शर्मा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
देउखुरीकै एक प्राविधिक कलेजमा अध्ययन गर्दै आइरहेकी एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर एक जना आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा जेठ पहिलो साता पक्राउ परेका पूर्वक्याम्पस प्रमुखसमेत रहेका शर्मालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शर्माको घर नजिकै लमही नगरपालिका–५ रातोडाँडामा कोठा भाडामा बस्दै आएकी ती छात्रालाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका शर्माले दिउँसो आफ्नो घरमा बोलाई बलात्कार गरेको किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । शर्माले श्रीमती घरमा नभएको बेला पारेर छात्रालाई बोलाएर करिणी गरेको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरबाट ६ किलो गाँजासहित एक जना पक्राउ
माघ ८, २०८१ मंगलबार
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
माघ ८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार