पूर्वमन्त्रीसहित ८ जना एकातिर, रिजाल र पाण्डेसहित ८ जना अर्कैतिर
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार २२:२३:०
१ असार, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा अदातलको आदेशपछि जेलचलान गरिएका १६ जनालाई छुट्टछुट्टै राखिएको छ । जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागार लगिएको थियो ।
केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार दुई पूर्वमन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ । पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समशेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको छ ।
शुक्रबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउन आदेश दिएको थियो । लगत्तै उनीहरुलाई कारागार पठाइएको हो । यो प्रकरणका अन्य १२ अभियुक्त फरार छन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुईजनालाई धरौटीमा रिहा गर्दै बाँकीलाई कारागार चलान गरेको हो । तत्काल प्राप्त प्रमाणले उनीहरू दोषी होइनन् भन्ने अवस्था नदेखिएकाले उनीहरूलाई थुनामा पठाउनु मनासिव देखिएको आदेशमा उल्लेख छ । आदेशमा ‘पछि ठहरेबमोजिम हुने’ पनि उल्लेख छ ।
‘मौकाको बयान, बरामद भएको सीडीहरू, पेन ड्राइभर सनाखत मुचुल्काहरू, बरामद भएको डायरीहरू बरामद भएका वस्तुहरूको परीक्षण प्रतिवेदन, घटना विवरणमा कागज गर्ने व्यक्तिहरूले अनुसन्धानका क्रममा लेखाएका व्यहोराहरू, मिसिलमा संलग्न बैंक स्टेटमेन्टहरूलगायत तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुदार होइनन् भन्न सकिने अवस्था देखिएन’ आदेशमा भनिएको छ ।
आदेशमा अगाडि भनिएको छ, ‘पछि थप प्रमाण बुझ्दै र अदालतले परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रस्तुत मुद्दाको रोहमा प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेकनाथ रिजाल, रामशरण केसी, सन्दीप रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द चौधरी, नरेन्द्र केसी, सन्देश शर्मा, शमशेर मियाँ, हरिभक्त महर्जन र आइटावा शेर्पा कसुरदार रहेको देखिँदा निजहरूले नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन गरेको कसुरको गाम्भिर्यता र निजहरूलाई हुन सक्ने सजायसमेतलाई दृष्टिमत गर्दा प्रस्तुत मुद्दाको रोहमा मुलुकी फौजदारी कार्यविधि संहिता, ऐ. संहिताको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा कानूनबमोजिम थुनामा राख्न पठाइदिनू ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार