मैले अरुमाथि लगाएका आरोप सत्य छन, मुकाविला गर्न तयार छुः ओली
नेपालबहस संवाददाता
असार २, २०८० शनिबार २१:२७:४८
२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई विना आधार आरोप नलगाएको बताएका छन् । उनले आफूले लगाएका आरोप सत्यमा आधारित भएकाले आरोप मिथ्या हो भनेर आउने सबैसँग मुकाविला गर्न तयार रहेको बताएका छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता-कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै उनले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकाले डराउनु आवश्यक नरहेको बताए ।
अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे । उनले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए ।
समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीहरूको निर्णयप्रति इंगित गर्दै फरक उद्देश्य भएका तत्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरे ।
ओलीले भने, ‘राजनीति गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित छैनन् । म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि, अरू पार्टीमाथि लगाएका आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ । सही आरोप लगाउँदा उहाँहरूलाई रिस उठ्छ । अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन ।’
आफूहरूले अब एउटा राष्ट्रिय शक्ति बनाएर अघि बढ्नुपर्ने भन्दै उनले उक्त शक्ति देश, जनता र विकासप्रति समर्पित बन्ने खालको हुनुपर्ने विश्वास व्यक्त गरे । ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेकै हो, लिभिङ टुगेदर चलेकै थियो । हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ, जो देश, जनता, विकासप्रति समर्पित होस् । चारतिर फर्किएका चारतिरका फरक उद्देश्यका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन ।’
ओलीले अनुपयोगी भएकाले ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताए । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टीकरण थियो ।
उनले चीनलगायत दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए । उनले केहीले पार्टीको उक्त निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोपसमेत लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार
महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
पुष २९, २०८१ सोमबार