काठमाडौं महानगरभित्रका बिद्यालय बन्द गराउने शिक्षक, कर्मचारीलाई पदबाट बर्खास्त गर्ने बालेनको चेतावनी
नेपालबहस संवाददाता
असार २, २०८० शनिबार २१:४४:३०
२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । भोलि देखी सुरु हुन लागेको अनिश्चतकालीन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन । उनले बन्द गराउने शिक्षक वा कर्मचारीलाई पदबाट बर्खास्त गर्नै चेतावनी दिएका छन् ।
काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको भन्दै काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न भनेका छन् ।
उनले आफ्नो निर्देशन अनुसार विद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गराउने भन्दै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाएको छ ।
उनले फेसबुकमा लेखेका छनः
देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ । नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको ब्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ ।
साथै काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ । काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारबाही हुनेछ ।
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार