भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १४:४४:५६
३ असार, विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दा भन्सार प्रतिनिधि राख्ने व्यवस्थालाई ऐनमा नै उल्लेख गरी खारेज गरिदिए पछि विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न विराटनगर भन्सारका प्रतिनिधिहरु यति बेला बेरोजगार हुन पुगेका छन् । भन्सार प्रतिनिधिहरूले विगतमा प्रयोग गर्दै आएको युुजर आईडी पनि भन्सार विभागले बन्द गरिसकेको छ । तर तिनै भन्सार प्रतिनिधिले छोटो अवधिमा आफ्नो जीवनस्तर विलासी बनाएपनि सुको कर नतिरेका कारण उनीहरूलाई करको दायरामा कहिले ल्याउने भन्ने प्रश्न उठ्न थालेको छ ।
कमजोर कानुनी व्यवस्थाका कारण भन्सार प्रतिनिधि भएकै भरमा छोटो अवधिमा आर्जित अकुत सम्पति माथि अब राज्यले कानुनी रुपमा छानविन गरी त्यस्ता भन्सार प्रतिनिधिहरूलाई कार्यबाहीको दायरामा ल्याउनुपर्ने आवाज पनि उठ्न थालेको छ । विगतमा नेपाल भरका भन्सार कार्यालयमा भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागबाट इजाजत पाएका भन्सार एजेन्टले आफूसहित दुई जना भन्सार प्रतिनिधिका रुपमा काम गर्ने गरी प्रतिनिधि तोक्न सक्ने अधिकारको व्यापक दुरुपयोग भएका कारण यस आर्थिक वर्षदेखि सरकारले ऐनमा नै उल्लेख गरी भन्सार प्रतिनिधि खारेज गरेको थियो ।
अब त्यस्ता भन्सार प्रतिनिधिलाई कार्वाही गरी राज्यले करको दायरामा ल्याउन ढिला गर्न नुहुने आवाज पनि उठ्न थालेको छ । साथै भन्सार प्रतिनिधि भएको आधारमा विराटनगर भन्सारले जारी गरेको परिचयपत्र पाएका भन्सार प्रतिनिधिहरूले उक्त परिचयपत्रको व्यापक दुरुपयोग गरिरहेको पनि थाहा भएको छ । बीरगञ्ज भन्सारले सबै भन्सार प्रतिनिधिहरूको भन्सार प्रतिनिधि परिचयपत्र जफत गरि सक्दा पनि विराटनगर भन्सारले त्यस्ता परिचयपत्र अहिलेसम्म पनि जफत गरेको छैन । अब ढिला नगरी विगतमा भन्सार प्रतिनिधिले पाएको परिचयपत्र विराटनगर भन्सारले पनि जफत गर्नुपर्ने अवस्था आइसकेको छ ।
स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री महतको बजेट वक्तव्य सार्वजनिक हुँदासम्म विराटनगर भन्सारमा प्रतिनिधिका रुपमा काम गर्ने भन्दै प्रतिनिधि नियुक्ति गरेको तथ्याङ्क हेर्दा विराटनगर भन्सार कार्यालयको भन्सार जाँचपास सम्बन्धी काममा ३० जना भन्सार प्रतिनिधिका रुपमा कार्यरत रहेको तथ्य खुल्न पुगेको छ । भन्सार विभागबाट भन्सार एजेन्ट पास गरेर भन्सार जाँचपासको इजाजत पाएका पुराना १९ जना र नयाँ ४० भन्सार एजेन्टहरू भन्सार जाँचपासमा संलग्न हुँदै आएका छन् । अहिले भन्सार एजेन्ट काम विहीन हुँदा भन्सार एजेन्टका प्रतिनिधिहरूको विलासी जीवनशैलीको चर्चाले विराटनगर भन्सारमा व्यापक रुप लिएको छ ।
भन्सार एजेन्ट भन्दा भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा भन्सार एजेन्टको टाउकोमा दायित्व जाने भएकाले पनि भन्सार प्रतिनिधिहरूले भन्सार जाँचपासलाई नै राम्रो आम्दानीको स्रोत बनाउने अवसर पाएका थिए । यसले भन्सार जाँचपासमा संलग्न भन्सार एजेन्टका प्रतिनिधिको जीवनस्तर अपेक्षा गरेको भन्दा पनि विलासी हुन थालेपछि भन्सार एजेन्ट भन्दा भन्सार प्रतिनिधिको काममा आकर्षण बढेको थियो । अब कानुनी बाटो खुलेसँगै भन्सार विभागले त्यस्ता प्रतिनिधिहरूलाई करको दायरामा ल्याउन जरुरी भइसकेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार