सरकारले वार्तामा बाेलाएपछि स्थगन गरे सामुदायिक विद्यालयका कर्मचारीले आन्दोलन
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १४:४६:१८
३ असार, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । शिक्षा मन्त्रालयले पत्रकार काटेर वार्तामा बोलाएकाले आन्दोलन स्थगित गरिएको हो ।
नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषद्ले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्राललयले सरकारको तर्फबाट वार्ता टोली गठन गरि संवादको वातावरण निर्माण गर्दै वार्तामा आउन आहृवान गरिएको र आम जनभावनाको उच्च कदर गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हालसम्म पनि ८ हजारदेखि १३ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्न बाध्य रहेकाले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार बजेटमा सेवा र सुविधामा वृद्धि हुनुपर्ने मागसहित आजदेखि देशभरका विद्यालय अनिश्चितकालीन बन्दमा उत्रिएका थिए । जसका कारण विद्यालयमा पठनपाठन प्रभावित हुन पुगेको छ । काठमाडौं उपत्यकामा पनि बन्दको प्रभाव परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार