स्वास्थ्य क्षेत्रमा श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १५:३४:१४
३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मुलुकभर नागरिकको स्वास्थ्योपचार अवस्था विकराल बनेको भन्दै श्वेतापत्र तत्काल जारी गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार बुधबारको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोज शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद खतिवडाले यस्तो बताएका हुन् । आगामी आव २०८०/८१ का लागि वार्षिक बजेटमा स्वास्थ्य मन्त्रालयमा छुट्याइएको बजेटमाथि धारणा राख्दै सांसद खतिवडाले नागरिकले सिटामोल समेत सहज रुपमा पाउन नसकेको भन्दै उपचारका अभावमा अकालमा ज्यान गुमाउन विवश भइरहेको बताए ।
उपचार अभावमा नागरिकको थप ज्यान जानबाट रोक्न स्वास्थ्य मन्त्रालयले श्वेता पत्र जारी गरेर उपचारको भरपर्दो माध्यम बनाउन स्वास्थ्यमन्त्रीसँग माग गरे । उनले आउने आर्थिक वर्षबाटै सरकारले ७० वर्ष नाघेका नागरिकका सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले संघीय मामिला तथा प्रशासनतर्फको विनियोजित रकमबारे धारणा राख्दै देशभित्र निजामती कर्मचारीको तथ्यांक सार्वजनिक गर्न माग गरे । मन्त्रालयका सुब्बाले सचिव हेरफेर गर्ने दृष्टान्त पेस गर्दै नियमबमोजिम सरुवा बढुवा र स्थानान्तर गर्न सुझाव दिए ।
खतिवडाभन्दा पहिले बाेल्ने सांसदहरूले ज्येष्ठ नागरिककाे नि:शुल्क उपचार गराउने व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराएका थिए ।
गठबन्धन सरकारमा स्वास्थ्य मन्त्रालय नेपाली कांग्रेसले सम्हालिरहेको छ । कांग्रेस सांसद मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
नवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार