काठमाडौंका मेयर बालेनविरुद्ध ३० करोड क्षतिपूर्ति माग गर्दै उच्च अदालत पाटनमा रिट दायर
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १५:४७:५२
३ असार, काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौं महानगरपालिकाले गैर न्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध उच्च अदालत पाटनमा ३० करोड क्षतिपुर्ति माग गर्दै रिट दायर गरिएको छ ।
आइतबार सञ्जालमा आबद्ध विभिन्न ९ संघसंस्थाले सामूहिक पत्रकार सम्मेलन गरी सो जानकारी दिएका छन् । कार्यक्रमपछि जारी गरिएको विज्ञप्तिमा महानगरको ज्यादतीपूर्ण हस्तक्षेपको निन्दा र भर्त्सना गरिएको छ । कार्यक्रममा ४ दिनदेखि बिना जानकारी मेला रोकिएपछि न्यायका लागि अदालत पुगेको हिसान अध्यक्ष रमेश सिलवालले बताए ।
३० करोड रूपैयाँ क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । मेलास्थलमा नै पत्रकार सम्मेलन गरिएको थियो । उक्त मेला नरोकिएको भए आइतबार (आज) सकिने कार्यक्रम थियो ।
मेला उद्घाटन हुने बित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएको थियो । मेलास्थलमा बिजुलीसमेत काटिएको संयोजक टंकराज आचार्यले बताए ।
शिक्षा समर्पित प्राज्ञिक वर्ग, विद्यार्थी र अभिभावकको कार्यक्रममा बर्दीधारी प्रहरी परिचालन गरेर शैक्षिक क्षेत्रलाई त्रासपूर्ण बनाउने काम गरिएको विज्ञप्तिमा उल्लेख छ । मेला आयोजक हिसानसहित प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, पोखरा विश्वविद्यालय अन्तरगतको ओपेन, पूर्वाञ्चल विश्वविद्यालयको पीयूक्यान, ईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), निजी प्राविधिक शिक्षालय महासंघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
यो कक्षा १० सम्मको मात्र मेला थिएन । विश्वविद्यालय र सीटीईभीटीका कलेज पनि सहभागी थिए । अघिल्लो वर्ष पनि मेयर बालेन्द्र शाह नै हुँदा यस्तै मेला गरिएको थियो, यसपाली किन रोकटोक भयो ? अहिलेसम्म केही जानकारी पाएको छैन । महानगरका कर्मचारी मेयरको आदेश हो भन्दै पन्छिने गरेको हिसान पदाधिकारीले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार