तराईमा विद्युत लोड धेरै बढेका कारण बत्ति जाने गरेको हो : कुलमान
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १७:३६:४८
३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा उत्पादित बिजुलीको मुलुकभित्रै खपत गरेर बाँकी रहेको विजुली मात्रै भारतमा बेच्ने गरिएको बताए । उनले अहिले तराईका क्षेत्रमा विद्युत लोड धेरै बढेका कारण बितरण लाईन र सिस्टममा देखिएको समस्याका कारण बत्ति जाने गरेको स्पष्ट पारे ।
उनले बितरण लाईनमा समस्या भएर एक घण्टा विद्युत अवरुद्ध हुदा प्राधिकरणलाई ठूलो घाटा हुने गरेको र उत्पादन गरिएको विद्युत नै खेर जाने अवस्थाको सिर्जना हुने बताए । अहिले पिक आवर भन्दा अन्य समयमा उत्पादित विद्युत बढि नै हुने गरेको र त्यसलाई भारतमा बेच्ने गरिएको उनको भनाइ छ । घिसिङले अहिले नेपालको विद्युत खपत २ हजार मेगावाट पुगेको र उत्पादन कुल उत्पादन क्षमता २७ सय मेगावाट रहेको जानकारी दिए ।
उनले हरेक बर्ष विद्युत उत्पादन र माग बढिरहेको भन्दै समयमा नै ट्रान्समिसन लाइन बन्न नसके उत्पादन नै खेर जान सक्ने बताए । ट्रान्समिसन लाइन निर्माणमा देखिएका समस्याहरुलाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार