भैरवनाथ गण ब्यारेकमा ‘युद्ध अपराध’ भएको छ : द्वन्द्व पीडित
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १७:५७:४८
३ असार, काठमाडौं । सशस्त्र द्वन्द्व पीडतले नेपाली सेनाको भैरवनाथ गणको ब्यारेकमा ‘युद्ध अपराध’ भएको बताएका छन् । बेपत्तता योद्धहरुको स्मरणमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सशस्त्र द्वन्द्वका पीडितहरुले राज्यका तत्कालीन सेनाबाट युद्धसम्बन्धी अपराधका घटना भएको बताएका हुन् ।
‘बेपत्ता पारिएका नागरिकको सार्वजनिकरण र शान्ति सम्झौता’ विषयक कार्यक्रममा पीडित हिमाल शर्माले सेनाका काठमाडौंमा अवस्थित भैरवनाथ गणबाट सशस्त्र द्वन्द्वका बेला आफूसहित २८ जनालई ब्यारेकमा बन्दी बनाइएको बताए । आफूबाहेक २७ जना बन्दी (तत्कालीन विद्रोही माओवादी कार्यकर्ता)लाई शिवपुरी लैजाने भनी रातको समयमा ट्रक राखेर लगेको र हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको उनले बताए ।
ब्यारेकबाट सेनाले बेपत्ता पारेका २७ जनाको साक्षी आफू रहेको भन्दै त्यो बेला गणका नेतृत्वकर्ता राजु बस्नेत र पवन विष्ट रहेको दाबी शर्माले गरे । शर्माले आफूलाई उक्त ब्यारेकमा २७ महिनासम्म बन्धक बनाएको र राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार संघ संगठन र नागरिकको दबाबमा थुनामुक्त भएको बताए । विष्ट र बस्नेतविरुद्ध आफू लगायत पीडितहरुले बेपत्ता खोजबिन आयोगमा निवेदन दिएको समेत बताए ।
कार्यक्रममा बोल्ने वक्ताहकरुले द्वन्द्वकालीन पीडितहरुलाई न्याय दिन सरकारले बेपत्ता खोजबिन र सत्य निरुपण आयोगसम्बन्धी कानून बनाएर चाँडो न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सहभागी पीडितहरूले विद्रोही पक्षका नेताहरुविरुद्ध एकतर्फी रुपमा अदालतमा मुद्दा चलाउने क्रम नरोकिए तत्कालीन सत्ता पक्षका नेता र घटनामा जिम्मेवारी नेतृत्वविरुद्ध पनि मुद्दा हाल्नूपर्ने अवस्था आउन सक्ने बताए ।
२०५२ फागुन १ देखि १० वर्ष चलेको सशस्त्र द्वन्द्वमा ८ हजार नागरिक बेपत्ता भएका थिए । सशस्त्र विद्राेही र राज्य पक्षबाट गरी १७ हजारको ज्यान गएको बताइन्छ । द्वन्द्वकालीन घटनालाई लिएर सशस्त्र संघर्षको नेतृत्व गरिरहेका तत्कालीन नेतृत्वमा माओवादीका नेतृत्वदायी भूमिकामा रहेका प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध ‘युद्ध अपराध’ कसुरमा कारवाहीको माग गर्दै हालै सर्वोच्च अदालतमा दायर रिट विचारधीन अवस्थामा छ ।
संघर्षको नेतृत्वमाथि ‘युद्ध अपराध’सम्बन्धी कसुरमा नियमित अदालतमा मुद्दा चलिरहेको बेला तत्कालीन राज्य पक्षका पीडकविरुद्ध पनि आवाज उठ्न सुरु भएको छ । द्वन्द्वकालीन पीडितलाई न्याय दिने गठित खोजबिन र निरुपण आयोगको ऐन बन्न नसक्दा पीडितहरुले न्याय र क्षतिपूर्तिका लागि आवाज उठाउने क्रम तीव्र बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार