बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १८:१९:१२
३ असार, काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो ।
कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ ।
बाढीपहिरो र डुबानबाट केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै कैयौँ व्यक्तिहरु घाइते भएका छन् । कतिपय स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । कांग्रेसले आज विज्ञप्तिमार्फत सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।
कांग्रेसले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको छ । सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
प्रभावित जिल्लाका कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न कांग्रेसले अपील गरेको छ ।
प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार