यथास्थितिमा बजेटकाे समर्थन नगर्ने पक्षमा एकीकृत समाजवादीका बहुमत सांंसद
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १८:२५:४२
३ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति प्रतिपक्षी दलहरुको विरोध गरिरहेका बेला सत्ता पक्षकै सांसदहरुले समेत समर्थन गर्न नसक्ने बताएका छन् । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेटको पक्षमा मत दिन नसकिने बताएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रष्ट्याए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले समर्थन गर्न दबाब दिइरहेकोतर्फ संकेत गर्दै उनले ‘भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं’ भनेको खुलस्त गरे ।
उपाध्यक्ष पाण्डेले सरकारले कम्तीमा राष्ट्रिय गौरवका आयोजनामा बजेट निरन्तरता दिए मात्र पनि विचार गर्न सकिने बताउँदै त्यो अवस्था नरहेकाले समर्थन नगर्ने पक्षमा रहेको बताए । धादिङबाट निर्वाचित पाण्डेले धादिङ र गोरखाको सीमानामा बन्ने बुढी गण्डकी जलविद्युत आयोजनमा सरकारले बजेट कटौती गरेकामा आक्रोश व्यक्त गरे ।
बजेटमा विभेद गरेको र मन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा बजेट खन्याएको भन्दै सत्ता पक्षकै सांसदहरुले विरोध बजेट संशोधनको माग गर्दै आइरहेका छन् । पार्टीका बहुमत सांसद बजेटप्रति असन्तुष्ट रहेको बताए । एकीकृत समाजवादीसँग १० सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार