अढाई वर्षकी छोरीसहित एक परिवार पाँच दिनदेखि ओढारमा
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १२:२४:१५
४ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई 'गुरुङ' अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएकी छिन् । सधैँ बस्दै आएको याक्सा 'गोठ' नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नक्दा ओढारमा गएर आश्रय लिएका हुन् ।
गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीन वटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताइन् ।
‘‘नानीहरु पाँच दिनदेखि ओढारमै छन्, गाउँमा आउने अवस्था छैन, हिजोसम्म फोन लाग्दैथियो, हामी सुरक्षित भएर ओढारमा छौँ भन्दै थिए, आज नेटवर्क नभएर होकी फोन सम्पर्क भएको छैन, गोठका २५ वटा बाख्रा पनि पहिरोले बगाएछ, न यताबाट जान सकिन्छ, नत उताबाट आउने उपाय छ, कसरी उद्धार गर्ने भन्ने चिन्ता छ”, चेतमायाले फोनमा भने ।
पहिरोले २५ वटा बाख्रासहित खोर नै बगाएको छ भने बस्दै आएको याक्सा पनि जोखिममा परेको छ । आलुखेतीसमेत पहिरोले बगाएको उनले बताइन् । घरतर्फ आउन विभिन्न तीन वटा खोला खोल्सा तर्नुपर्छ । तीनवटै खोलाका पुल बाढीले बगाएको छ । पाङ्दा, कुङ्लिङ र तावा खोला तरेर आउनुपर्ने भएकाले समस्या भएको हो । अर्कातर्फ अत्यधिक वर्षा भइरहेकाले पनि घर आइपुग्न मुस्किल हुने चेतमायाको भनाइ थियो ।
वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए । बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो । शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीन जनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जानसकेन । उद्धारमा समस्या भएकाले सहयोग पु¥याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन् ।
हेलिकप्टरको पर्खाइ :
यता बिहान गएको पहिरोमा परी घाइते भएका मेहेलेका राजकुमार राईलाई उपचारका लागि अन्यत्र लैजान छरछिमेक तथा आफन्त हेलिकप्टर कुरेर बसेका छन् । घाइते भएका राजकुमारलाई घटनास्थलदेखि हेलिकोप्टर बस्ने स्थानसम्म झण्डै आधा घण्टाको दुरीमा ल्याएर राखिएको छ । राईको उद्धारका लागि विराटनगरबाट हेलिकप्टर छुटेको बताइएको छ ।
बिहानैदेखि हेलिकप्टर आउने चर्चा चले पनि समयमै उक्त स्थानमा पुगेको छैन । प्रतिकुल मौसमका कारण पनि बिहानै उद्धार गर्न नसकिएको जनाइएको छ । राजकुमारसँगै पहिरोमा परेका सुरेश राईको निधन भएको छ भने बेपत्ता केशरबहादुर राईको शव फेला परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनही २ लाखका दरले २३८ जना मृतकका परिवारलाई सरकारले दियो राहत, १२ परिवार बाँकी
कात्तिक ६, २०८१ मंगलबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
५४ वर्षयताकै सबैभन्दा बढी वर्षा: दुई सय ५० को मृत्यु, ४६ अर्ब बराबरको क्षति
कात्तिक २, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान
कात्तिक ८, २०८१ बिहिबार
इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७७० जनाको मृत्यु
कात्तिक ८, २०८१ बिहिबार
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ
कात्तिक ८, २०८१ बिहिबार
परराष्ट्रको पत्रअनुसार नै एकताको महाधिवेशन हुनुपर्छ : उपेन्द्र महतो
कात्तिक ८, २०८१ बिहिबार
जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह
कात्तिक ८, २०८१ बिहिबार
स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, बीमा ५ लाख पुग्छ पुग्छ : स्वास्थ्यमन्त्री पौडेल
कात्तिक ८, २०८१ बिहिबार