विद्यार्थीले यार्सा सङ्कलन गर्न नपाउने
इन्द्र रिजाल
चैत २८, २०७५ बिहिबार २१:२०:१७
खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । गाउँपालिकाको यो निर्णयसँगै अब विद्यार्थीले यार्सा सङ्कलन गर्न नपाउने भएका छन् । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथापाले बताए ।
गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । अधिकृत बढथापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको बताए । विद्यार्थी यार्सा टिप्न जाँदा तीन महीना विद्यालय बन्द हुने गरेका छन् । उनले भने, “यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यालयमा पढ्ने बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ ।”
यार्सा सङ्कलन गरिने यो समयमा बालबालिकासमेत लिएर अभिभावक पाटन जाने गर्छन् । त्यसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन् । यार्सा टिपाइका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने गरेकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सरोकारवालाले विद्यार्थीको शिक्षा र भविष्यप्रति जिम्मेवार बन्न अभिभावकलाई दबाब दिँदै आएका छन् ।
प्रशासकीय अधिकृत बढथापाले भने, “यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यार्थीलाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ ।” गाउँपालिका अध्यक्ष लछिमाने बोहोराले पाटनबाट यार्सा बेचेर ल्याएको पैसा एकातिर विद्यार्थीको शिक्षामा लगानी नहुने र अर्कोतिर विद्यालयको पठनपाठन पनि प्रभावित हुने भएकाले गाउँपालिकालाई निकै गम्भीर बनाएको बताए । उनले भने, “हामी शिक्षा नै जीवनको आधार हो भन्ने मान्यतालाई स्थापित गर्न शिक्षक, अभिभावक र विद्यालयलाई जिम्मेबार बनाउन लागिपरेका छौँ ।”
अध्यक्ष बोहोराका अनुसार बालबालिकालाई पाटन जानबाट रोक्न निकै मेहनत गरिँदै छ, शैक्षिक सचेतना बढाउन ठाउँ–ठाउँमा सडक नाटक प्रदर्शनलाई अभियानकै अङ्ग बनाइएको छ । पाटन नपठाउनेबारे छलफल चलाउन प्रत्येक विद्यालयलाई गाउँपालिकाले परिपत्रसमेत गरेको जनाउँदै उनले भने, “तीन महीना पाटन बस्दा रु ५० हजार कमाउँछन् तर नियमित विद्यालय गए भविष्य बनाउने छन् ।” पातारासीका नौ आधारभूत विद्यालयबाट थालिएको शैक्षिक जागरण अभियान आगामी वैशाख १० गतेसम्म चल्ने बताइएको छ ।
गाउँपालिकाले गरेको निर्णय अवज्ञा गरेर पाटन लैजाने अभिभावकलाई के गर्ने भन्ने विषयमा पुनः गाउँ शिक्षा समितिको बैठक बसेर निर्णय गरिने उनले बताए । वैशाख, जेठ र असार महीनामा यार्सा टिप्न यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म पाटन जाने चलन छ । अभिभावक काखको बच्चा बोकेरसमेत यार्सा टिप्न पाटन जाने गर्छन् । जुम्लामा पढ्ने समयमा पाटन जाने र पछि महँगो शुल्क तिरेर ट्युसन पढ्ने परम्परासमेत हाबी छ । (जुम्लाबाट विजय रावतकाे सहयाेगमा)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
रातु नदी उत्खनन् विरुद्धको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
बैशाख २९, २०८१ शनिबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार