प्रेम चलाउनेको प्रश्नः सरकारले मुद्दा फिर्ता लिने हो भने अदालत चाहियो ?
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १३:५४:११
४ असार, काठमाडौं । करिब ३ वर्षपहिले नेविसंघका विद्यार्थीहरुको सांघातिक आक्रमणमा परी बेहोस् अवस्थाबाट ‘पुनर्जन्म’ पाएका त्रिविका उपप्रध्यापक प्रेमबहादुर चलाउनेले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयको चर्को विरोध गरेका छन् ।
विरोध गर्न उनी आज बिहान कार्यालय समय सुरुसँगै काठमाडौं जिल्ला अदालत बबरमहलमा पुगेर धर्ना सुरु गरेका थिए । तर उनलाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त पुर्याइएको छ ।
उनले सरकारको निर्णयको विरोधमा धर्ना र अनसन बस्ने स्पष्ट पार्न पर्चा सार्वजनिक गरेका छन् । उनले आफूमाथि संगठित रुपमा आक्रमण गरी ज्यान लिने पेशेवर अपराध गरेको ठहर गरेका छन् । आफूले दिएको किटानी जाहेरी दिएका आधारमा पक्राउ गरी मुद्दा चलाइएको र तिनहरुको मुद्दामा अन्तिम सुनुवाइको पेसी समेत तोकिसकेको अवस्थामा सरकारले सुनियोजित रुपमा मुद्दा फिर्ता लिने निर्णय गरेर पीडित आफूमाथि घोर अन्याय गरेको दाबी उनको छ । न्याय माग्न आफू सडकमा आएको बताउँदै अदालतमा विचराधीन अवस्थालाई प्रभावित हुने गरी मुद्दा फिर्ता लिएको भन्दै उनले प्रश्न गरे, ‘सरकारले मुद्दा फिर्ता लिने हो भने अदालत किन चाहियो ?’
उनले शिक्षाको थलो मानिने विश्वविद्यालयमा अपराध बढ्दै गइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । मुद्दा फिर्ता लिने सरकारको निर्णय अदापि स्वीकार नहुने र न्यायका लागि अनशन सुरु गरेको जानकारी दिएका छन् ।
‘अब सबैबाट बन्द गरेपछि आज यहिबाट सत्याग्रह शुरुमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाइ स्विकार्य छैन, यो देशको विधिको शासन तन्त्र। अदालतलाई यो बेन्चलाई अचानों बनाइदैछ । मानवता, सत्य या सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिदैछ । मलाइ राज्यले न्याय दिन सकेन । यो देश गुण्डा, अपराधिको देश रहेछ । मलाइ यो अपराधिको देशमा बाँच्नु छैन ।’
उनले राज्यले आक्रमणका घाइते भएका आफूमाथि थप अन्याय र पीडा दिएको उनको जिकिर छ । ‘राज्यले मलाइ मलाइ थप अन्याय गर्यो । त्यसैले म जस्ता हजारी पीडित राज्यवार थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनसन सुरु गर्दैछु न्यायप्रेमी जनताको साथ र सहयोगको अपेक्षा सहित न्यायका खातिर बोलिदिन हुन अपिल गर्दछु’ उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलितलाई खै’ भन्दै निर्वाचन आयोगको गेटमा धर्ना
माघ ९, २०८१ बुधबार
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी
माघ ६, २०८१ आइतबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार