सरकारी संचारमाध्यमलाई बीबीसी मोडलमा लैजान सांसद केसीको सुझाव
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १५:३०:५०
४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननर सिंह केसीले सरकारी संचारमाध्यम गोरखापत्र, रेडियो नेपाल, रासस र नेपाल टेलिभिजनलाई एकीकृत कार्ययोजना नीतिअन्तर्गत संचालन गर्नुपर्ने बताएका छन् ।
सांसद केसीले सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संचार, परराष्ट्र र ऊर्जा मन्त्रालयमा विनियोजित बजेट शीर्षकमाथि छलफलमा भाग लिँदै सरकारको स्वामित्वमा चलेका रेडियो, अनलाइन, छापा र टेलिभिजन संचार माध्यलमलाई एकीकृत नीति बनाएर संचालन गर्ने व्यवस्था गर्न संचार मन्त्रालयको ध्यानाकर्षण गराए । हरेक संचार गहृलाई अलगअलग बजेट दिने प्रथा अन्त्य गरेर आफ्नो व्यवस्थापनमा चल्न सक्ने गरी नीति बनाउन सुझाव दिए ।
‘सरकारी सबै संचारमाध्यमलाई बरु बीबीसीको मोडलमा लैजाँदा राम्रै हुने देखिन्छ, के गर्दा आर्थिक भार पर्दैन त्यो ढंगबाट संचालन गर्ने व्यवस्था गर्नुपर्छ’ उनले भने ।
साथै प्रविधिको दुरुपयोग बढेको भन्दै गलत समाचार प्रवाह गर्ने अनलाइन प्रयोकर्ता सर्वसाधारणदेखि संचारमाध्यमसम्मलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग गरे । आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै स्वतन्त्रताको दुरुपयोगबारे ध्यान दिन आग्रह गरे ।
यस्तै, सर्वसाधारणलाई बिजुलीमा उल्लेख्य मात्रामा सहुलियत दिने व्यवस्था गर्नुपर्ने बताउँदै उत्पादनमा विदेश लगानी आउने बाटो सुरक्षित हुनुपर्नेमा जोड दिए । परराष्ट्र नीति पछिल्लो समयमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । पश्चिमा, भारत र चीनको त्रिपक्षीय अवस्थालाई मिलाएर अगाडि बढ्ने किसिमबाट वैदेशिक नीति तय हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार