उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा प्रर्दशन गर्नेहरू पक्राउ, न्याय दिन सांसदको माग
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार ११:४५:११
५ असार, काठमाडौं । २०७७ असो २० मा विद्यार्थीहरुको एक समूहकाे आक्रमणबाट सख्त घाइते त्रिविका समाजशास्त्रका उपप्रध्यापक प्रेमबहादुर चलाउनेको न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ ।अभियन्ता र नागरिक अगुवाहरुको सहभागितामा प्रदर्शन भएको हो । उनीहरूलाइ प्रहरीले केहीबेर अघिमात्र बल प्रयाेग गरी पक्राउ गरेकाे छ ।
चलाउनेले त्रिवि कार्यालयमा सोमबारदेखि आमरण अनसन सुरु गरेका छन् । सुरुमा जिल्ला अदालत काठमाडौं परिसरमा अनसन सुरु गरेपनि प्रहरीले हटाएपछि त्रिविमा पुगेका हुन् । उनी पनि मंगलबारकाे प्रदर्शनमा सहभगी भएका छन् ।
त्रिविभित्र रहेको बैंकको एटीएम बुथमा रकम निकाल्न जाने क्रममा नेविसंघका तत्कालीन त्रिवि ईकाइ अध्यक्ष योगेन्द्र आचार्यसहितको टोलीले फलामको रडले हिर्काएर मरणासन्न अवस्थामा छाडिएका उद्धारपछि उनी बाँचेका थिए । अहिले पनि उनी बैशाखीको सहरामा हिँडडुल गर्दै आइरहेका छन् ।
उनको जाहेरीका आक्रमणकारी आचार्यसहित ४ जनाविरुद्ध मुद्दा चलेकामा गएको जेठ ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेपछि घाइतेसहित अभियन्ता, अधिकारकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु आज बिहान काठमडौं जिल्ला अदालत अगाडि ‘प्रेम चलाउनेलाई न्याय दे, न्याय मरे कहाँ जाने ?, अपराधलाई राजनीतिकरण गर्न पाइँदैन’ जस्ता नारा लेखिएको ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका छन् । आन्दोलनकाे नेतृत्व बृहत नागरिक आन्दोलनले गरेकाे छ ।
यसैबीच आज जारी प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियारले शून्य समयमा बोल्दै घाइते उपप्रध्यापक चलाउनेलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । चलाउनेमाथि आक्रमण गर्ने अभियुक्तहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय स्थगन गरेर मुद्दाको अन्तिम सुनुवाइ गर्ने बाटो बन्द नगर्न माग गरे । ‘न्याय मरे नागरिक कहाँ जाने ?’ भन्दै सरकारसँग प्रश्न गरे ।
मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । तर सुनुवाई हुनु हप्ता दिअगाडि नै सरकारका महान्यायाधिवक्ताको कार्यालयको सिफारिसमा मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार