प्रतिपक्षीकाे विराेधपछि प्रतिनिसिधाको बैठक १५ मिनेटका लागि स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १२:२९:३४
५ असार, काठमाडौं । प्रनिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको । शहरी विकास तथा गरिबी निवारण मन्त्रालयको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटविनियोजित पुस्तकमा लुम्बिनी प्रदेशको नाम ‘प्रदेश नं. ५’ उल्लेख भएको पाइएपनि प्रतिपक्षी दलहरुको विरोध गरेका कारण सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
आजको बैठकमा अर्थ, खानेपानी, श्रम रोजगार र शहरी विकास मन्त्रालयमा बजेट विनियोजित शीर्षकमाथि सांसदहरुले छलफल गर्ने कार्यसूची रहेको छ । तर शहरी विकास मन्त्रालयले छलफलका लागि सांसदहरुलाई वितरण गरेको पुस्तकमा लुम्बिनी प्रदेशको नामको सट्टा ‘प्रदेश नं. ५’ उल्लेख गरिएको पाइएपछि प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले आपत्ति जनाउँदै प्रदेशको नाम सच्याएर पुनः वितरणपछि मात्र छलफलमा गर्नुपर्ने भन्दै अडान राखेपछि बैठक स्थगित गरिएको हो ।
त्यसअघि शहरी विकास मन्त्री सीता गुरुङले पुस्तक लुम्बिनी प्रदेशको नाम अन्यथा उल्लेख हुन गएको भन्दै गल्ती स्वीकार्दै सच्याउने र आजको बैठकमा सोही मुताविक छलफल गर्न आग्रह गरेकी थिइन् । प्रतिपक्षी दलहरुले नसच्याइ छलफल चलाउँदा गलत नजिर बस्ने भन्दै सच्याएर मात्र छलफल गर्नुपर्ने अडान राखेका कारण सर्वदलीय बैठक राखेर छलफल गर्न सभामुखले बैठक स्थगित गरेका हुन् ।
यसअघि आइतबारको बैठकमा विनियोजित बजेटमाथि छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वितरण गरेको पुस्तकमा पनि कोशी प्रदेश र मधेश प्रदेशको नाम गायब भएको पाइएपछि छलफल रोकिएको थियो । उक्त मन्त्रालयमाथिको छलफल आगामी शुक्रबारका लागि कार्यसूची तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार