कसौटी जिन्दगी कि अभिनेता शीजानमाथि घरेलु हिंसाको आरोप
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १२:३३:२९
५ असार, मुम्बई । एक समयको चर्चित भारतीय टेलिफिल्म ‘कसौटी जिन्दगी कि’ फेम्ड अभिनेता शीजान खानमाथि घरेलु हिंसाको आरोप लागेको छ ।
उनी माथी अमेरिकामा बस्ने आयशा पिरानी नामकी महिलाले घरेलू हिंसा र जबरजस्ती पैसा असुलीको आरोप लगाएकी हुन् ।
ती महिलाले आफू शीजानको पत्नी भएको भन्दै अभिनेताविरुद्ध एफआईआर दर्ता गराएकी छन् । आयशाले आफूलाई शीजानले हातपात पनि गरेको दाबी गरेकी छन् ।
‘उसले मलाई कोठामा बन्द गर्थ्यो र स्काइपमा अन्य युवतीहरुसँग फ्लर्ट गथ्र्यो । उसले मलाई तिमीसँग विवाह गरें, तिमीलाई आफ्नो जीवन दिन सकिनँ भन्थ्यो । यो उसको नियम संवाद थियो । मैले फलफूल ल्याउन बिर्सदा उसले मलाई यस्ता शब्द प्रयोग गर्थ्यो कि अहिले म त्यो भन्न सक्दिनँ’, उनले भनेकी छन् ।
आयशाको दाबी अनुसार शीजानले सन् २०१५ मा उनीसँग विवाह गरेका थिए । तर अभिनेताले उनलाई विवाह गरेको कुरालाई लुकाई राख्न भनेका थिए । त्यसको केही समयपछि शीजानले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । ‘म एक मुस्लिम महिला हुँ र मुस्लिम कानून अनुसार म अहिले पनि विवाहित छु । मैले उसलाई खर्च गरेको पैसा म असुल्न चाहन्छु । उसको कारण म मानसिक रुपमा जे भोगिरहेको छु, मलाई त्यसको मुआब्जा चाहिएको छ । म विवाह गर्न चाहन्छु र कानूनी रुपमा मुस्लिम कानून अनुसार ‘खुलानामा’ चाहन्छु’, आयशाले भनेकी छन् ।
आयशाले गत ७ जूनमा अभिनेतामाथि एफआईआर दर्ता गराएकी थिइन् । उनले शीजानले ग्रीन कार्ड पाउनका लागि आफूलाई उपयोग गरेको आरोप लगाएकी छन् । उनले खानसँग ८ लाख रुपैंयाँ मुआब्जा मागेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार