प्राकृतिक विपद्मा ज्यान गुमाएका परिवारलाई सरकारले २ लाख रुपैयाँ राहत दिने
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १३:४:४३
५ असार, काठमाडौं । सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्धान तथा गहृमन्त्री नारायणकाजी श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
राष्ट्रिय विपद् जोखम तथा व्यवस्थापन प्राधिकरणको हालै बसेको बैठकले राहत दिने निर्णय गरेको हो । बैठकले एकै घर एक् भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले थप राहत दिने निर्णय भएको समेत जानकारी दिए । बाढी र पहिराेका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र झापामा गरी १० जनाकाे ज्यान गएकाे र २८ जना बेपत्ता रहेकाे जनाए ।
यस्तै, प्राधिकरणअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको बैठकले प्राकृतिक प्रकोप र विपद् न्यूनिकरण गर्नेबारे ठोस कार्ययोजना बनाएर जिल्लामा टिम तयारी हालतमा राखिएको समेत जानकारी दिए । विपद् व्यवस्थापन समितिअन्तगृत हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति रहेको छ । गृहमन्त्रालय मातहतका प्राधिकरणका अध्यक्षमा भने गृहमन्त्री रहने व्यवस्था छ ।
ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत जिल्लामा अविरल वर्षापछि गएको बाढी पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई कोशी प्रदेश सरकारले प्रतिवार एक लाख रुपैयाँ राहत तत्काल दिने घोषणा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार