संसद बैठकमा दिनहुँ रमिता, रुलिङमै अलमलिए सभामुख
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १३:२०:३४
५ असार, काठमाडौं । संघीय संसद बैठकमा एकपछि अर्को गर्दै गल्तीहरू दोहरिने क्रम जारी छ । सांसदहरुको आचरण र भाषालाई लिएर पटक पटक नागरिक तहबाटै प्रश्न उठाइए पनि यसप्रति सांसद र सभामुख नै संवेदनशील नभएको देखिएको छ । संसदमा सभामुख गरेको रुलिङमा समेत सरकार र सांसदहरु गम्भीर बन्न सकिरहेका छैनन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बाढीपहिरोबाट भएको क्षतिबारे रोष्टमबाट जानकारी गराइरहेका थिए । सो समयमा सांसदले बीचमै उठेर नियमापत्ति जनाएका थिए । सामान्य तया नियमावली विपरित नभए सरकारको प्रतिनिधिले रोष्टमबाट कुनै पनि विषयको जानकार गराउँदा बीचमा सांसद उठेर समय माग्न नमिल्ने नियम छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा पनि एमाले सांसदहरुले उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले प्रधानमन्त्री बोलेपछि प्रतिपक्षी दलको नेतालाई बोल्ने समय दिएको भने र विरोध भएको थियो । सांसदका भाषा र शैलीलाई लिएर विभिन्न टिका टिप्पणी पनि भइरहेका छन् ।
संसद बैठकमा सभामुख देवराज घिमिरे पनि समय समयमा बैठक चलाउने कुरामा अलमलमा परेको जस्तै देखिएको छ । कुन विषयमा रुलिङ गर्ने र रुलिङ गरेका विषय कार्यान्वयन नभए के गर्ने भन्नेमा सभामुख अलमल देखिएका छन् । सभामुखले रुलिङ गर्दा त्यसको पालना सांसद बाट पनि नभएको देखिएको छ । संसद नियमावलीमा संसद सञ्चालनबारे व्यवस्था भएपनि त्यसबारे अध्ययन भएको देखिदैन् ।
मंगलबारको बैठकमा शहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल राखिएको थियो । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुस्तिकामा अझै नसच्याइएको भन्दै एमाले सांसदले आज पनि विरोध जनाएका थिए । कोशी प्रदेशको पुस्तिकामा आपत्ति जनाएको एमालेले शहरी विकास मन्त्रालयको पुस्तिकामा पनि उस्तै भनाई राखेको छ ।
एमाले सांसद सुर्य थापाले शहरी विकास मन्त्रालयको बजेट पुस्तिकामा लुम्बिनीलाई प्रदेश पाँच भनिएको भन्दै विरोध जनाएका थिए । त्यसपछि शहरी विकासमन्त्री सिता गरुङले यसलाई सच्याउने प्रतिबद्धता जनाएकी थिइन । तर, छलफल अगाडि बढ्न सकेन । एमाले सांसदले पहिले यो विषय सच्चिनुपर्ने अडान राखे ।
सभामुख घिमिरेले सरकारलाई सच्याउन रुलिङ गरिसकेकाले बैठक अगाडी बढाउन आग्रह गरे । एमाले सांसद नमानेपछि सभामुखसँग समय लिदै नेपाली कांग्रेसका मुख्य सचेतक एवं सांसद रमेश लेखकले संसद नियमावलीबारे केही भनाई राखे । उनले बजेट पुस्तिकामा भएका कुरा सच्याउन सभामुखले रुलिङ गर्दा समेत नसच्याएर सरकारले गल्ती गरेको बताए ।
उनले संसद बैठकमा सभामुखले रुलिङ गरेपछि त्यसलाई सांसदहरुले मान्नु पर्ने र नमाने यसले भविष्यमा गलत नजिर बस्ने भन्दै सभामुख अर्को रुलिङ मान्न प्रतिपक्षका सांसदहरुलाई आग्रह गरे । यसै क्रममा फेरी एमाले सांसद रघुजी पन्त उठरे कस्तो रुलिङ गर्ने भन्ने कुरामा सभामुख स्पष्ट हुनुपर्ने र रुलिङ एकै खालको हुनुपर्ने भनेर प्रश्न उठाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
संसद बैठकमा नेपाली कांग्रेसले सभामुखको रुलिङ स्वीकार गर्दै अघि बढ्न प्रस्ताव गरेको थियो । तर, नेकपा (एमाले)ले रुलिङमा एकरूपता हुनुपर्ने भन्दै अस्वीकार गरेपछि सभामुख घिमिरेले बैठक नै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
“सभामुख महोदय, सरकारका तर्फबाट गम्भीर त्रुटीहरू भइरहेका छन् । सत्तापक्षले समेत उठाउने विषय प्रतिपक्षले उठायो, ठीक गरेको छ । हिजो पर्यटन मन्त्रालयले त्रुटी गरेर रुलिङ भएको थियो, आज सहरी विकास मन्त्रालयले त्यही गल्ती दोहोर्याएको छ,” कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “गल्ती भएकै हो । प्रतिपक्षले आफ्नो धर्म ठीकसँग निर्वाह गरेकै छ । तर, सभामुखले गरेको रुलिङ स्वीकार गरेर जाऔँ ।”
एमाले सांसदहरूले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर–५ लेखिएको विषय नसच्याउँदासम्म छलफल गर्न नदिने अडान राखेका थिए । एमालेका सांसद सूर्य थापाले शहरी विकास मन्त्रालयको पुस्तकको २७, २८ र २९ नम्बरमा प्रदेश नम्बर–५ उल्लेख भएको भन्दै त्यो नहटाउँदासम्म छलफल हुन नसक्ने बताएका थिए । शहरी विकासमन्त्री सीता गुरुङले त्रुटी भएको स्वीकार गरिन् । लिखितमा भएको त्रुटी सच्याइने भन्दै उनले छलफल अघि बढाउन आग्रह गरेकी थिइन् । उनको प्रस्तावपछि सभामुखले छलफल अघि बढाउन रुलिङ गरे ।
त्यसपछि सांसद थापाले सभामुखको रुलिङ अस्वीकार गर्दै फरक तर्क गरेका थिए । थापाले प्रस्ताव अस्वीकार गरेपछि लेखकले रुलिङ स्वीकार गरेर अघि बढ्न प्रतिपक्षलाई सभामुखमार्फत आग्रह गरे । लेखकको प्रस्तावपछि बोलेका एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङ मान्नुपर्ने बताए । तर, रुलिङमा एकरूपता हुनुपर्नेमा उनले जोड दिए ।
“सभामुखको रुलिङ सबैले मान्नुपर्छ । तर, रुलिङमा एकरूपता हुनु जरुरी हुन्छ । सभामुखको रुलिङ नै आपसमा विवादित भयो भने कुनचाहिँ रुलिङ मान्ने ?,” पन्तले भने, “अस्ति कोशी प्रदेशलाई प्रदेश–१ भन्दा छलफल नगर्न रुलिङ भएको छ । अहिले शहरी विकासमा लुम्बिनी प्रदेशलाई प्रदेश–५ भनेर छलफल गरौँ भन्ने रुलिङ मान्दा भोलि पर्यटन मन्त्रालयले पनि प्रदेश–१ नै लेखेर ल्यायो भने के हुन्छ ?” पन्तको तर्कपछि सभामुखले बैठक नै स्थगित गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको रबैया र सभामुखको भूमिकाप्रति कांग्रेस रुष्ट
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार
निर्वाचनलाई लक्षित गरेर जमुनाहा नाका तीन दिनका लागि बन्द
बैशाख २९, २०८१ शनिबार
गीता मन्दिरको प्राङगणमा अनाधिकृत कब्जा गरि बनाइएका सटरहरुमाथि चल्यो महानगरको डोजर
बैशाख २९, २०८१ शनिबार
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
बैशाख २९, २०८१ शनिबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीको रबैया र सभामुखको भूमिकाप्रति कांग्रेस रुष्ट
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टिमभन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार