नेपालमा ल्याइयाे लम्पी स्किनविरुद्धका भ्याक्सिन
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १३:३३:५५
५असार, काठमाडौं । मुलुकका ७४ जिल्लामा पशु चौपायामा फैलिएको सम्पी स्किन रोगविरुद्धको भ्याक्सिन नेपाल ल्याइएको छ ।
लम्पी स्किनले महामारीको रुप लिएपनि खुवाउने औषधि वा भ्याक्सिन उप्लब्ध नहुँदा १० हजारभन्दा बढी चौपाया मरिसकेको र ५ लखा बढी पशु संक्रमित भइरहेको अवस्थाबीच पहिलोपटक भ्याक्सिन ल्याइएको हो ।
निजी क्षेत्रका स्वास्थ्यजन्य औषधी तथा सामाग्री आयात गर्दै आइरहेको कान्तिपुर भेट डिष्ट्रिब्यूतर्स प्रालिले उक्त भ्याक्सिन ल्याएको हो । स्किन रोगको रोकथामको लागि ल्याइएको लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन बितरण सुरु गरेको भेटका संचालक हेमराज बडालले जानकारी दिए ।
सन २०२० मा नेपालमा पहिलोपटक ‘लम्पी स्किन’ रोग देखा परेको थियो । गत फागुनमा पश्चिम क्षेत्रका जिल्लामा देखा परेको यो रोग गाई, गोरु, भैंसी, राँगामा प्रशस्त मात्रामा संक्रमण फैलिएको छ । कुनै किसानका गोठ नै खाली भएको अवस्था पाइएको छ ।
लम्पी स्किनको महामारी रोकथामका लागि तत्काल औषधि र भ्याक्सिन उप्लब्ध गराउन संसदमा समेत दिनहुँ कुरा उठ्दै आइरहेको छ । सरकारले भने लम्पी स्किनविरुद्धको औषधि नेपालमा नरहेको र विदेशबाट मगाउने काम भइरहेको जवाफ दिँदै आइरहेको छ ।
यो रोग लाग्दा पशुको शरीरभरि गिर्खा पर्ने र फोका बनेर पिप निस्कने तथा उच्च ज्वरो आएर खास पानी नै नखाने अवस्थामा पशु पुग्ने गर्दछ । अन्त्यमा मर्ने तहसम्म पुगेका कारण हजारौं किसान चिन्तित् छन् । चाँडो औषधि उप्लब्ध गराउन उनीहरुले माग गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार