पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा सदस्य ढकाल र पराजुली नियुक्त
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १३:५२:३७
५ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा थप दुई सदस्य नियुक्त गरिएको छ । शिक्षित पराजुली र हरिनाथ ढकाललाई सदस्य नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । परिषदका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ ।
परिषद्मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा रहेको छ ।
ऐनबमोजिम बढीमा ७ जना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ । मन्त्री सुदन किरातीले सदस्यद्वय ढकाल र पराजुलीलाई नियुक्त गरेका हुन् ।
काेषका सदस्य सचिवमा मिलनकुमार थापा छन् । पछिल्लाे चरणमा काेष पशुपति मन्दिरमा सुनकाे जलहरी राख्दा पित्तल बढी मिसाएर १० केजी सुन लुकाएर कराेडाैं रूपैयाँ भ्रष्टाचार गरेकाे विषयमा सचिव थापा तानिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार