नागरिकता पीडितको आन्दोलनमा प्रहरीको धरपकड, दर्जन बढी पक्राउ
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १४:१७:२७
५ असार, काठमाडौं । नागरिकता माग गर्दै लामो समयदेखि माइतीघर मण्डलामा सडक अवरुवद्ध गरी धर्नामा बसिरहेका धर्नाकारीहरुमाथि प्रहरीले धरपकड मच्चाएको छ । आज दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बल प्रयोग गरी दर्जनौं धर्नाकारीहरुलाई पक्राउ गरी धनास्थलबाट हटाइएको छ ।
हप्तौंदेखि सडकमै खाजा, खाना खाएर धर्नामा बसिरहेका युवाहरुलाई हस्तक्षेप गरी हटाइएको हो । पक्राउका क्रममा धर्नाकारी र प्रहरीबीच निकैबेर ठेलमठेल र झडप समेत भएको थियो ।
प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेपछि धर्नाकारीहरुलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएको जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक १९ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि ऐन बनेको थियो । तर प्रमाणिकरण प्रक्रिया संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिँदै सर्वोच्चले ऐन तत्काल कार्यान्वयन नगर्न भनेपछि नागरिकता दिनेबाटो बन्द अवस्थामा छ ।
बन्दपछि मुख्यगरी मधेश प्रदेशका युवा पंक्ति नागरिकताको माग गर्दै आन्दोलनका लागि काठमाडौं आएका छन् । नागरिकताको अभावमा बैंक खाता खोल्न, रोजगारी गर्न, विदेश जान, सामाजिक कार्यमा समेत कठिन भएको भन्दै तत्काल नागरिकता पाउनुपर्ने माग गरेका छन् । सांसदहरुले पनि संसद बैठकमा नागरिकता दिने बाटो तत्काल खोल्न माग गर्दै आइरहेका छन् ।
तर संसदमा रहेका कुल सदस्य २७५ मध्ये रहेका प्रतिपक्षी एमाले, रास्वपा, राप्रपासहित झण्डै ११० रहेका दलहरुले पनि विधेयक प्रमाणिकरणमा अपनाइएका प्रक्रियाले संविधान मिचेको र विधेयकलाई संसदमा ल्याएर छलफलपछि मात्र प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष संसदका वर्तमान सभामुखबाट पेस हुनुपर्ने माग गर्दै आइरहेकाछन् ।
राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेका विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा राष्ट्रपति कार्यालय शितलनिवासमा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले पेस गरेका थिए । तर भण्डारीले विधेयकमा रहेको व्यवस्था न्यायिक नरहेको भन्दै प्रमाणिकरण नगरी थन्याइदिएकी थिइन् । सोही विधेयकलाई पौडेलले प्रमाणिकरण गरिदिएपछि सांसदहरुबीच विवाद भएको हो ।
मुख्य गरी जन्मसिद्ध नागरिकता प्राप्त गरेका बाबुआमा सन्तानलाई नयाँ ऐनले वंशजको आधारमा र नेपाली पुरुषसँग विहे गरेका विदेशी महिलालाई विवाह लगत्तै नागरिकताा दिने व्यवस्थाप्रति सांसदहरुबीच फरक मत रहेको छ । यसअघि विवाह गरी आएकी विदेशी महिलालाई १५ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था थियो ।
धर्नाकै क्रममा यसअघि विराटनरका निरज कामतले शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार