बजेटप्रति गाेकुल बास्काेटाकाे असन्तुष्टी, भने- ‘संसदमा कालाे झण्डा बोकेर आउन नपरोस् ’
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १४:५७:१९
५ असार, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बजेटको पक्ष र र विपक्षीमा धारणा राख्ने क्रम जारी छ । आइतबारको बैठक १५ मिनेटका लागि स्थगितपछि शुरु भएको बैठकमा उनीहरुले शहरी विकास, अर्थ, श्रम र खानेपानी मन्त्रालयमाथिको आगामी आवको विनियोजित बजेटमाथि छलफलमा धारणा राखिराखेका छन् ।
मन्त्रालयहरुको खर्च कटौती प्रस्ताव राख्दै प्रमुख प्रतिपक्षी एमालेका सांसद गोकुल बास्कोटाले बजेट असन्तुलित र विभेदकारी रहेको भन्दै विरोध गरेका छन् ।
उनले काभ्रेका पनौती नगरपालिकामा जम्मा १२ वटा वडा मात्र रहेको तर शहरी विकास मन्त्रालयले १३ र १४ नं. उल्लेख गरेर बजेट विनियोजन गरेको पाइएको भन्दै सरकारको चर्को आलोचना गरे । उनले बजेट संशोधन गर्न सुझाव दिए । भने, ‘बजेट संशोधन गरियोस्, अन्यथा संसदमा कालो झण्डा देखाउन नपरोस् ।’
मन्त्रीहरुले कतिपय क्षेत्रमा हुँदै नभएको वडा र र स्थानमा बजेट छुट्याएर तमासा देखाएको भन्दै दलालहरुले दिएको चिर्कटका आधारमा बजेट विनियोजन गरेको टिप्पणी गरे ।
‘हुँदै नभएको वडा नं. देख्ने चश्मा कसले किन्दियो’ उनले प्रश्न गरे । उनले नगरकोटको हिकुवा पाटी क्षेत्रमा निरन्तरतामा रहेको सडक लगायत पूर्वाधारमा बजेट कटौती गरेको भन्दै आपत्ति जनाए । उनले बजेटको समर्थन गर्न नसक्ने बताउँदै विनियोजित बजेटमा एक रुपैयाँ कटौती गर्न प्रस्ताव गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार