मनमोहन अस्पतालमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १५:१८:१५
५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति सो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो ।
थप उपचारका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
नवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार