‘हजार र पाँच सयका नोट विस्थापन गरौं, जमिनमुनि राखिएका पैसा बाहिर निकालौं’
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १७:५१:५३
५ असार, काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले निश्चित समयका लागि एक हजार र पाँच सय दरका नोट विस्थापन गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थ सहित ४ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा धारणा राख्दै सांसद चौधरीले दुई ठूला दरका नोट विस्थापन गरेर जमिनमुनि लुकाएर राखिएका माफिया र बिलौलिया–दलालको अवैध धन प्रयोगमा ल्याउनुपर्ने बताए ।
उनले अनौपचारिक माध्यमबाट थुप्रै पैसा देशबाहिर गइरहेको र यसलाई रोक्न अर्थ मन्त्रालयले ठोस नीति ल्याउन सुझाव दिए । आर्थिक संकट टार्ने नाममा थुप्रै संख्यामा ठूला दरका नोट लुकाएर राखेको र यसलाई बाहिर ल्याउन ठूला नोटलाई केही समयका लागि निश्चित मूल्य तिरेर सरकारले खिच्नुपर्ने बताए ।
उनले अहिले धन मान्ने आधार परिवर्तन भएको भन्दै नीतिमा पनि परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे । पहिले भैंसीलाई धन मानिन्थ्यो, अहिले त बैंकमा रहेको पैसा समेत मान्न छाडिएको पाइन्छ’ उनले भने, ‘अहिले त क्रिप्टो करेन्सीलाई मात्र धन मान्ने मान्यता अगाडि आएको छ । यसकारण यसलाई नियमन गरेर पैसा विदेश पलायन हुनबाट रोक्न कडा नीति ल्याउनु अनिवार्य भइसकेको छ ।’ बैंक ऋणकाे ब्याजदर नघटाएसम्म वित्तीय क्षेत्रमा सुधार ल्याउन नसक्ने बताए ।
यस्तै, चौधरीले वैदेशिक रोजगार जाने श्रमिका लागि दक्ष र सीपयुक्त बनाएर पठाउन सीप प्रतिष्ठान स्थापना गर्न सुझाव दिए । रेमिट्यान्समा लगाइरहेको कर हटाउन सुझाव दिए । कर हटाउन हुण्डीबाट रेमिट्यान्स पठाउने क्रम रोकिने र रेमिट्यान्सको सही तथ्यांक आउने बताए । ‘हाम्रा नागरिकले विदेशमा पसिना बगाएर जति रेमिट्यान्स पठाउनुहुन्छ, उहाँहरुलाई त्यसमा केही रकम थप गरेर उत्पादनमा लाग्ने वातावरण बनाउँ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार