मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोेच्च पुगे उपप्राध्यापक चलाउने
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १४:१४:१२
६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने आफूमाथि आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
सरकारको निर्णयको बदर गर्न माग गर्दै रिट लिएर बुधबार सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता गर्ने नगर्नेबारे अध्ययन भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
चलाउनेमाथि २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा रहेको बैंकका एटीएम बुथमा जाने क्रममा नेविसंघका आवद्ध विद्यार्थीहरुले रडले आक्रमण गरी अर्धचेत अवस्थामा छाडेर फरार भएका थिए ।
उद्धारपछि उपचारबाट बाँचेका चलाउनेले नेविसंघका त्रिवि ईकाइ अध्यक्ष हरि आचार्यसहित ४ जनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको छ । मुद्दामा अन्तिम सुनुवाइ गर्न यही असार ५ गतेका लागि पेसी तोकेको थियो । तर सुनुवाइ हुन सकेन ।
उक्त मुद्दा फिर्ता लिने निर्णय सरकारको मन्त्रिपरिषद्ुले गएको जेठ २९ गते गरेपछि सडकदेखि संसदसम्म विरोधका आवाज उठेको छ । फिर्ता लिने निर्णयमुताविक जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा फिर्ता निर्णय पेश भएको छ ।
चलाउनेले आफ्नो रिटमा आक्रमणमा संलग्नहरुमाथि जिल्ला अदालतमा चलेको मुद्दामा अन्तिम सुनुवाइको तयारी भइरहेको बेला फिर्ता लिने सरकारले निर्णयले न्याय मरेको र आफूमाथि थप अन्याय भएको दाबीसहित सरकारको निर्णय बदर गर्न माग गरेका छन् ।
निर्णयविरुद्ध उनले सोमबार बिहान काठमाडौं जिल्ला अदालत परिसरमा आमरण अनसन सुरु गर्न पुगेका बेला प्रहरीले हटाएपछि त्रिवि कार्यालयमा पुगेका हुन् ।
चलाउने अहिले पनि बैशाखीको भरमा हिँडडुल गर्दै आएका छन् । सरकारको निर्णयको विरोधमा उनले त्रिवि कार्यालयमा सोमबारदेखि आमरण अनसन सुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार