न्यायालयलाई समावेशी बनाउनुपर्छ : प्रभु साह
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १४:३२:५८
६ असार, काठमाडौं । संसदमा न्यायालयलाई समावेशी बनाउनुपर्ने आवाज उठेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा जारी मन्त्रालयगत विनियोजित बजेटमाथि छलफलमा कानून मन्त्रालयको विनियोजन विधेयकमाथि धारणा राख्दै आम जनता पार्टीमा अध्यक्षसमेत रहेका सांसद प्रभु साहले मुलुकका सबै तहका न्यायालय समावेशी बनाउनुपर्ने बताएका छन् ।
उनले ठूलो संख्यामा जनसंख्या रहेका मधेश मधेशका नागरिकले न्यायालयमा लामो समय मुद्दा थाती रहेबाट ठूलो मार खेपिरहेको बताए । ‘न्यायालय समावेशी नभएकै कारण, न्यायालयमा मधेशी न्यायाधीश नभएकै कारण उनीहरुको न्याय मरिरहेको छ’ सांसद साहले भने ।
उनले किसानलाई पेन्सन दिनुपर्ने बताउँदै यसको व्यवस्था गर्न कानून निर्माणमा सबै सांसदहरु जुटन आग्रह गरे ।
अर्का सांसद अमरेशकुमार सिंहले पनि न्यायालय समावेशी हुनुपर्नेमा जोड दिए । सुरक्षातर्फ सबै प्रकारका निकाय, निजामती लगायत क्षेत्रमा समावेशी कायम छ । सांसदद्वयले शिक्षण संस्था जनसंख्याका आधारका स्थापना गरिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार