आरती साह मृत्यु प्रकरणः पीडित पक्षद्वारा धनुषा जिल्ला अदालतमा ढुंगामुढा
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १४:५६:३५
६ असार, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका– ९ थापा चोकमा बस्दै आइरहेकी २२ वर्षीया आरती साहको गएको जेठ ७ गते शंकास्पद मृत्यु घटनामा धनुषा जिल्ला अदालतमा मुद्दा अन्तिमा सुनुवाइको चरणमा रहेको छ ।
प्रकरणमा प्रहरीले चलाएको कर्तव्य ज्यान मुद्दामा मृतक आरतीका पति मोतीबाबु साह, ससुरा मदन मोहन सुडीलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि मंगलबार जेल चलान भएको छ । घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै आरतीका माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा पक्राउ गरी गरी प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाएको हो । मुद्दा असार १ मा थुनछेक बहसपछि उनीहरू जेल चलान भएका हुन् ।
आरतीको ‘हत्या’का अन्य व्यक्तिको पनि संलग्नता रहेको दाबी गर्दै तिनलाई प्रहरीले जोगाउन खोजेको आरोपमा मुद्दाका पक्षधरले मंगलबार अदालत परिसरमा नाराबाजी गर्दै ढुंगामुढा गरे ।
भित्र थुनछेक बहस चलिरहेका बेला परिसरमा जम्मा भएका पीडित पक्षका मानिसहरूले अचानक अदालतभित्र ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको थियो । गोविन्द साहलाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरूले जिल्लाका प्रहरीका एसपी र डीएसपीलाई निलम्बन गर्न माग गरेका छन् । आरतीलाई न्याय दिन भन्दै काठमाडौंको माइतीघरमा समेत धर्ना दिएका छन् ।
अभियुक्त पति मोतीबाबु र ससुराले दाइजो नल्याएको निहुँमा पटक पटक कुटपिट र मानसिक यातना दिँदै आएको अवस्थामा हत्या गरेर आत्महत्या गरेको भनेर नाटक रचेको उनीहरूको आरोप छ । दुवै जनालाई जेल सजाय हुनुपर्ने माग उनीहरूको छ ।
अदालतमा ढुंगामुढा भएको घटनामा बुधबार संसद बैठकमा सांसदहरुले विषय उठान गरेका छन् ।उनीहरूले कानुन मन्त्रालयमाथि विनियोजित बजेटमाथि धारणा राख्ने क्रममा मुलुकमा न्याय दिने काममा ढिला भइरहेको र निष्पक्षतामाथि समेत नागरिकले प्रश्न उठाउने काम भइरहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन सांसद अमरेशकुमार सिंह लगायतले कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार