आर्थिक अभाव हुँदा सेफ हाउस सञ्चालन गर्न समस्या
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार ११:९:५९
७ असार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित नगर सेफ हाउस आर्थिक अभाव झेल्दै आएको छ । आर्थिक अभाव हुँदा सेफ हाउस सञ्चालन गर्न समस्या भएको छ ।
नगरपालिकाले विगतको तुलनामा अनुदान रकम कटौती गरेपछि सेफ हाउसमा बस्न आउने महिलाको व्यवस्थापन गर्न विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । सेफ हाउस सञ्चालन समितिका सचिव मधु बोहराले विभिन्न हिंसाजन्य घटनाका कारण अल्पकालीनरुपमा बस्नका लागि आउने महिलाका लागि समितिका पदाधिकारीले घरबाटै चामल, पिठो, नुन, तेल, दाल तरकारी लगायतको व्यवस्थापन गर्नुपरेको बताए ।
“नगरपालिकाले उपलब्ध गराएको अनुदान रकमले कार्यालय व्यवस्थापन गर्न नै पुग्दैन”, उनले भने, “हाउसमा बस्नका लागि आउने पीडित महिलाको खाना, लुगाफाटो, उपचार खर्च जुटाउन निकै कठिनाइको सामना गर्नुपरेको छ ।” विगतमा सेफ हाउस सञ्चालनका लागि रु चार लाख बढी रकम अनुदानका रुपमा उपलब्ध हुने गरेको थियो । पछिल्लो एक वर्षदेखि अनुदान रकममा कटौती गरी आधाजतिमा झारिएको छ ।
सेफ हाउसका कानुनी सल्लाहकार उद्धवराज भट्टले साहाराविहीनका लागि सहारा भनेकै नगरपालिकामा सेफ हाउस भएकाले अनुदान रकम कटौती गर्नु नहुने बताए । “सेफ हाउसमा हिंसाजन्य घटनाका कारण मानसिकरुपमा विक्षिप्त भएका व्यक्ति बस्न आउने गरेका छन्”, उनले भने, “उनीहरूको पीडामा मलम लगाउने र कानुनी उपचारका लागि पहल सेफ हाउसले गर्छ, खाना, यातायात, लुगाफाटो, स्वास्थ्योपचारलगायत नगरपालिकाले गर्नुपर्छ ।”
नगरपालिकाले उपलब्ध गराउने रु एक लाख ६० हजारले सेफ हाउस सञ्चालन गर्न नसकिने भएकाले अनुदान रकममा बढोत्तरी गरी अभिभाकत्व ग्रहण गर्नु पर्ने उनको भनाइ छ । सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले समाजमा हिंसाका घटनामा कमी नआएको उल्लेख गर्दै व्यवस्थापन गर्न नसकिँदा चालु आबमा थोरै मात्रै पीडित महिलालाई सेवा दिन सकिएको बताए ।
चालु आवमा नगर सेफ हाउसमार्फत ७० जनालाई सेवा प्रदान गरिएको छ । सेफ हाउसमा न्यायका लागि गुहार माग्दै आएकामा बालविवाहका पाँच, बहुविवाहका सात, कुटपिटका १०, गालिगलौजका पाँच, अंशदावीका छवटा उजुरी आएका थिए । जसमध्ये अंश दाबीका छ विवादमध्ये चारमा मिलापत्र गरिएको छ । हिंसाजन्य घटनाका महिलालाई पारिवारिक मिलनको कार्य गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले केन्द्रबाटै बजेट घटेर आउँदा अनुदान रकम थोरै भएको उल्लेख गर्दै आगामी आवमा सेफ हाउस सञ्चालनका लागि व्यवस्थापन गर्न सकिने गरी बजेटको व्यवस्था गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार