बालेनविरूद्धको मुद्दामा उच्च अदालतमा सुनुवाइ हुँदै, पेसी न्यायाधीश चन्दको इजलासमा
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १२:१२:४८
७ असार, काठमाडौं । हिन्दी फिल्म ‘आदिपुरुष’ मा रहेको राष्ट्रिय विभूति ‘जानकी भारती छोरी हुन्’ भन्ने वाक्य नहटाएसम्म काठमाडौं महानगरभित्रका हलहरुमा संचालन गर्न नदिने भनी दिएको निर्णयको विरोधमा उच्च अदालत पाटमा दायर रिट निवेदनमा सुनुवाइ पेसी तोकिएको छ । रिट निवेदन न्यायाधीश धीर बहादुर चन्दको एकल इजलासमा पेसी चढेको छ ।
फिल्म हल वालाहरूको छाता संगठन चलचित्र संघले मेयर शाहको निर्णय बदरको माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गराएका थिए । रिटमा मेयर साह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
काठमाडौं महानगरका मेयर शाहले ‘आदिपुरुष’मा भारतीय कलाकारले राखेका भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए ।
यस्तै हालै मात्र भृकुटीमण्डपमा हिसानले चलाएको शैक्षिक मेलालाई महानगरको निर्देशन उल्लंघन गरेको भन्दै बालेनले रोकेपछि त्यसविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले बुधबार मात्रै मेला नरोक्न अन्तरिम आदेश दिएको थियो । मेला भोलि शुक्रबारदेखि आउँदो आइतबारसम्म चल्ने भएको छ । मेलामा शिक्षण संस्थाहरूले कक्षा १० को रिजल्ट नआउँदै भ्रामक प्रचार, विद्यार्थी र अभिभावकलाई भ्रमित तुल्याउने, शुल्क विवरण वितरण, भर्ना लिनेसम्मको काम गरेको भन्दै मेला बन्द गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार