काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन आदेश
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १४:४७:५१
७ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल चलचित्र संघले बुधबार दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनैपनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । साथै अन्तरिम आदेश दिने नदिनेबारे छलफलका लागि रिटका दुवै पक्षका यही असार १२ गते छलफलका लागि बोलाउने आदेश पनि भएको छ ।
भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी ‘भारतीय छोरी हुन्भ’ भन्ने संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । रोक लगाएपछि संघ उच्च पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार