उपप्रध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनमा सर्वोच्चद्वारा रोक
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १६:२४:३७
७ असार, काठमाडाैं । त्रिविका समाजशास्त्रका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी भएको छ ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आक्रमणमा संलग्नताको अभियोगमा काठमाडौं जिल्ला अदालतमा विचारधीन ‘ज्यान मार्ने उद्योग’ मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
२० अजोज २०७७ मा त्रिवि हाताभित्र चलाउनेमाथि नेविसंघका त्रिवि ईकाइ अध्यक्ष हरि आचार्यसहित ४ जनाको समूहले संगठित रुपमा गरेको आक्रमण घटनामा चलाउनेले दिएको जाहेरीले काठमाडौं जिल्ला अदालतमा दर्ता मुद्दामाथि अन्तिम सुनुवाइको तयारी भइरहेको बेला गएको जेठ २९ मा बसेको मन्त्रिपरिषदको बैठकले सबै अभियुक्तको मुद्दा फिर्ता लिने निर्णय गरेपछि मुद्दाका वादी पक्ष चलाउनेले निर्णय बदरको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गराएका थिए ।
आदेशसँगै पीडित चलाउनेलाई राहत पुगेको छ । सरकारको निर्णयको विरोधमा चलाउनेले यही सोमबारबाट आमरण अनसनमा छन् । उनले सुरुमा काठमाडौं जिल्ला अदालत परिसरमा अनसन बसे, तर त्यहाँबाट प्रहरीले हटाएपछि त्रिवि कार्यालयमै अनसन बसिरहेका बेला उनले सर्वोच्चकाे बाटाे पनि पछ्याएका थिए ।
मुद्दा फिर्ता लिने मन्त्रिपरिषदकाे निर्णयपछि कानून मन्त्रालयले फिर्तासम्बन्धी जानकारी काठमाडौं जिल्ला अदालतमा दिएको थियो । सोहीअनुसार अदालतले फिर्ता निर्णयमाथि सुनुवाइका लागि पेसी तोक्ने तयारी गरेको थियो । तर सर्वाेच्चकाे बिहीबारकाे अन्तरिम आदेशपछि मुद्दामा प्रतिवादीहरूविरूद्ध अन्तिम सुनुवाइ गर्ने बाटो खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार