गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १८:३२:१६
७ असार, काठमाडौं । ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिकाका उपाध्यक्ष तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरिएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका उपाध्यक्ष हेमकुमारी तामाङ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र बिहीबार दायर गरेको हो ।
मोलुंग गाउँपालिका–२ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण लगायत विभिन्न योजनामा गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरीरगराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैयाँ हानी पुर्याउने बदनियतपूर्वक भुक्तानी गरेको अख्तियारको ठहर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार