हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण सम्पन्न
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १०:५८:१३
८ असार, सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भार दहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ।
देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष उद्बोधन थियो।
समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद नवल किशोर साह थिए। देशैभर बाट आएका स्वयंसेवकहरूले एकै ठाउँमा २० दिन सम्म बसेर प्रशिक्षण लिएका थिए। बिहान ५ बजे जागरणसँगै सुरू हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउँसो विभिन्न समसामयिक विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो। राष्ट्र, राष्ट्रियता, देशभक्ति, धर्म संस्कृति, आध्यात्म जस्ता विषयहरूमा दैनिक रूपमा परिचर्चा हुन्थ्यो भने सायङ्काल फेरि पनि संघ शाखा र शारीरिक दक्षताको प्रशिक्षण दिइन्थ्यो।
सबै स्वयंसेवकहरूसँगै संघका पदाधिकारी र प्रशिक्षकहरु सबै एकै ठाउँमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो। समाजका विभिन्न व्यक्तिहरूबाट विभिन्न सामाजिक, सांस्कृतिक र इतिहासको विषयमा सधैं एक घण्टाको वौद्धिकको कार्यक्रम पनि हुने गरेको थियो।
हिन्दू स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तीमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान रहेको छ। शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनमा सुचिता राख्दै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुराको ट्रेनिंग दिने गरिन्छ। २० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार