सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार ११:१२:१७
८ असार, रत्ननगर । चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ । पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो ।
प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । कालिका–९ र ११ का २५/२५ परिवारलाई बाख्रा वितरण गरिएको हो । चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उनको भनाइ छ । वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो ।
सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिए । नगर क्षेत्रका महिलालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रमलाई जोड दिइएको उनको भनाइ छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार