पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणलाई भेट्न कांग्रेस नेताको कारागारमा लर्को
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार ११:३२:५६
८ असार, काठमाडौं । पुर्पक्षका लागि जेल चलान हुँदा पनि केन्द्रीय सदस्यबाट निलम्बन नगरेको भन्दै पार्टीको चर्को आलोचना भइरहेका बेला जेलमा रहेका पुर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न नेपाली कांग्रेसका नेताहरु लर्को लागेर केन्द्रीय कारागार पुगेका छन् ।
बिहीबार विहान परराष्ट्रमन्त्री एनपी साउदले केन्द्रीय कारागार सुन्धारा पुगेर खाँणसँग भेट गरेका छन् । कारागार स्रोतका अनुसार बिहीबार बिहान १० बजेदेखि पौन ११ बजेसम्म मन्त्री साउदले खाँणसँग कुराकानी गरेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक र जेलमा रहेका समयमा कांग्रेस केन्द्रीय सदस्यबाट खाँणले राजीनामा दिए पार्टीलाई सहज हुने कुरा साउदले राखेका थिए ।
साउदपछि कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए । कांग्रेस नेताको लगातार भेटको उदेश्य भने बाहिर आएको छैन् । खाँणलाई निलम्बन नगर्दा कांग्रेसको जनस्तरमै चर्को आलोचना भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर गएकै दिन खाँणलाई चेल चलान गरिएको थियो । पार्टी सभापति देशबाहिर रहेकाले खाँणलाई निलम्बन गर्न ढिलाई भएको बांग्रेस नेताहरुले बताउँदै आएकबा छन् । उनलाई निलम्बन नगर्दा बालकृष्ण खाँणभन्दा कांग्रेसको केन्द्रीय सदस्य ठगी आरोपमा जेल परेको भन्ने चर्चा भइरहेको छ ।
जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार