संशोधित नागरिकता ऐनमा सर्वोच्चले दिएको आदेश (आदेशसहित)
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १४:३२:४३
८ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारले ल्याएको ‘संशोधित नागरिकता ऐन २०७९’ कार्यान्वयन गर्न बिहीबार अन्तरिम आदेशको संक्षिप्त आदेश दिएको थियो । आदेशपछि ऐनमा व्यवस्था गरिएको जन्मसिद्धका नागरिकका सन्तान र बाबुको ठेगाना खुल्न नसकेका सन्तानलाई वंंशजको नागरिकता दिने बाटो खुलेको छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ मा प्रमाणिकरण गरेपछि १९ गते राजपत्रमा प्रकाशितपछि बनेको संशोधित नागरिकता ऐन संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा १९ जेठमा दायर रिटमा २१ जेठमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले ऐन कार्यान्वयन तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेशले सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गरेको थियो ।
त्यही रिटमाथि पूर्ण सुनुवाई गर्दै बिहीबार न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त आदेशले ऐन कार्यान्वयन रोक लगाउने यसअघिका अल्पकालीन आदेशलाई खारेज गरिदिएपछि नागरिकता लिने बाटो खुला भएको हो ।
संयुक्त इजलासबाट भएको आदेशमा तत्कालीन राष्ट्रपतिले संविधान बमोजिम प्रमाणीकरण नगर्दा सिर्जित संवैधानिक शून्यता एवं जटिलता समेतलाई दृष्टिगत गरी प्रमाणीकरण गरेको पाइएको र यो प्रमाणीकरणलाई प्रथम दृष्टिमा असंवैधानिक भन्न मिल्ने अवस्था नदेखिएको ठहर गरेको छ ।
‘राष्ट्रपतिबाट भएको नेपाल नागरिकता ऐन, २०६३ को संशोधन विधेयक २०७९ को प्रमाणिकरणलाई प्रथम दृष्टिमा असंवैधानिक भन्न मिल्ने अवस्था देखिएबाट निवेदनमा उठाइएका अन्य जिकिरहरुलाई प्रस्तुत रिट निवेदनको अन्तिम किनारा गर्दा विचार गरिने नै हुँदा हाल यस अदालत एक न्यायाधीशको मिति २०८०/०२/२१ मा जाी भएको अल्कालीन अन्तरिम आदेशलाई निरन्तरा प्रदान गर्न मिलेन’ चार पृष्ठको आदेशको अन्तिम पृष्ठमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार