वीरगञ्ज कारागारका कैदीलाई शौच गर्न र सुत्न समस्या, हिल्सा नाकामा सुरक्षाकर्मीकाे उपस्थिति कमजाेर
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १६:३१:२
८ असार, काठमाडौं । पर्साको वीरगञ्जमा अवस्थित जिल्ला कारागारका कैदी शौच गर्न र सुत्न चरम समस्यामा परेका छन् । २ सय कैदीको क्षमतामा हाल ५ सय जना कैदीलाई राखिएको छ । उनीहरु शौचका लागि बिहान ४ बजेदेखि लाइन लाग्नुपर्ने अवस्था रहेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृह मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि धारणा राख्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले कारागारको अवस्थामा तत्काल सुधार गर्न माग गरे ।
शौचका लागि पालो पाउन ढिलाई हुँदा कतिपय कैदीले पाइन्टमै दिशा चुहिइएको अवस्था रहेको सांसद यादवले सदनमा बताए । कैदीलाई सुत्न पनि पालो गर्नुपर्ने अवस्था रहेको उनले बताए । सुत्ने कोठामा पानी चुहिएर बस्न समेत नमिल्ने अवस्थामा रहेको र कारागारको सुरक्षा पोष्टको अवस्था समेत जर्जर रहेको बताए ।
साथै उनले नेपालको तिब्बततर्फ सीमानाका हिल्सामा नेपाली सुरक्षाकर्मी सुरक्षामा खटिएको नपाएको भन्दै भरपर्दो सुरक्षाको प्रबन्ध गर्न गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना नेतृत्वको गत हप्ता गएको चीन भ्रमणका नेपाली–चीन सीमानाका तिब्बतको हिल्सामा चिनियाँतर्फको भूमिमा चिनियाँ सुरक्षाकर्मी चौबिसै घण्टा तैनाथ रहेको र तर नेपालतर्फको सुरक्षाकर्मी नेपालको सीमा भूमिमा नरहेको पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उत्तरी सीमामा सुरक्षाकर्मीकाे तैनाथ कमजाेर रहेकाे पाइएकाे उनकाे भनाइ छ ।
‘हामी हिल्सा पुग्दा हाम्रातर्फ प्रहरी नै थिएनन्, त्यहाँ भेटिएका मानिसलाई सोध्दा कुनबेला आउनुहुन्छ, भन्नै सकिन्न भन्ने जवाफ दिए’ उनले भने, ‘केही बेरपछि मफलर बेरेर दौडिएर आउनुभयो, छक्क पर्यौं । के सरकारले उत्तरी सीमाका सुरक्षाकर्मीलाई न्यायो कपडा दिन सक्दैन ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार