सत्ता गठबन्धनमाथि प्रश्न, संसदमा बजेट फेल भए प्रधानमन्त्रीले पदबाट राजीनामा दिने कि नदिने ?
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १६:३५:४३
८ असार, काठमाडौं । सत्ता नेतृत्व गरिरहेको नेकपा माओवादीबाहेकका सत्ता गठबन्धनमा रहेका दलहरू आगामी आर्थिक वर्षको बजेटलाई यथास्थितिमा पारित गराउन नदिने रणनीतिमा छन् । गठबन्धनमा आबद्ध दलहरूले नै बजेट संशोधन नभइ पारित नहुने भनेपछि प्रधानमन्त्रीले सहज सदनबाट बजेट पास गराउने अवस्था आउँदैन । गठबन्धन बचाएर प्रधानमन्त्री पदलाई कायम राख्न प्रचण्डलाई यही विषयले समस्या बनाएको छ ।
सत्ता गठबन्धन दलका महामन्त्री गगन थापा लगायतका केही नेताहरूले पनि बजेट विना संशोधन पास गर्न नहुने बताएका छन् । सभापति शेरबहादुर देउवा देशमा नरहेर पनि हुनसक्छ उनले अहिलेसम्म यो बजेट संशोधन गर्नुपर्छ भनेका छैनन् । बाँकी सबै दलका शीर्ष नेताले संशोधन नगरी पास गराउनै नदिने भनिरहेका छन् । तर, उनीहरूको यो रटानले सत्ता गठबन्धनमा कस्तो अप्ठ्यारो अवस्था निम्त्याउँदैछ भन्ने कुरातर्फ ध्यान दिएको दखिदैन ।
गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुकार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता चौधरी र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसम्मले बजेट यही अवस्थामा पारित गर्न नदिने भनिरहेका छन् ।
नेपालमा सरकारले संसदमा पेस गरिसकेको बजेट फेरी तत्कालै संशोधन गर्ने परिपार्टी छैन् । यस खालको अभ्यास अहिलेसम्म भएको पनि छैन । संविधानमा पनि यस्तो अवस्था आएर कार्यान्वयनमा नगई बजेट संशोधन गर्नुपर्ने अवस्था आए के गर्ने स्पष्ट उल्लेख छैन । सामान्य बुझाइमा बजेट पास नभएर फेल हुनु भनेको सरकार फेल हुनु हो । अहिलेको अवस्थामा सरकार फेल हुनु भनेको सत्ता गठबन्धनमा रहेका सवै फेल हुनु हो ।
बजेट फेल भएर सरकार फेल भएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि फेल भएको मानिनेछ । सत्ता गठबन्धनका दलले पक्षमा मतदान नगर्दा सदनबाट बजेट पास हुने अवस्था छैन । अब बजेटका कारण गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेको छ । किनभने बजेट फेल हुनु भनेको सरकार फेल हुनु हो । यस्तो अवस्थामा नैतिकताका आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ ।
बजेट फेल भएको अवस्थामा प्रधानमन्त्री पदमा बसिरहन योग्य हुँदैन । बजेट फेल भएको अवस्थामा गठबन्धनलाई कायमै राख्ने हो भने प्रचण्डलाई राजीनामा गराएर नयाँ प्रधानमन्त्री अगाडि सार्नुपर्छ । बजेटका कारण आउने यो समस्याप्रति गठबन्धन दलका कुनै पनि नेताले सोचेको देखिन्नँ । यही स्थितिमा बजेट पनि संशोधन गराउने र प्रधानमन्त्रीले पनि राजीनामा नदिने हो भने राजनीतिक दलहरूमाथि नै गम्भीर खालको प्रश्न उठ्नसक्छ । गठबन्धनमाथि प्रश्न उठ्छ ।
बजेटका कारण यो परिस्थिति अाउने कुरामा प्रधानमन्त्री प्रचण्ड सचेत भएको देखिन्छ । उनी अहिले नै केही हडबडाए जस्तो दखिन थालेका छन् । शुक्रबारको संसद बैठकमा पनि प्रधानमन्त्री केही विचलित जस्तो देखिएका थिए । उनले प्रश्न गर्ने सांसदको नाम समेत भुलिरहेका थिए । बजेट फेल हुँदा आफू पनि फेल भएको ठहर हुने चिन्ता उनीमा भएको हुनुपर्छ । तर, गठबन्धनका अरू नेतामा यो छनक देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार