देशभर फैलियो मनसुन, लगातार वर्षाको सम्भावना
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १७:२५:४७
८ असार, काठमाडौं । मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम नेपालसम्म फैलिएको जनाएको हो ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु निष्क्रिय बनेसँगै मनसुन फैलिएको हो । मौसम विद् सजिना शाक्यका अनुसार आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसमा पनि मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा धेरै ठूले वर्षाको सम्भावना पनि छ । थोरै स्थान भन्नाले त्यहाँको कुल भूभागको १० देखि २५ प्रतिशत क्षेत्रमा वर्षा हुनुलाई बुझाउँछ ।
मौसम विभागले २४ घन्टमा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, ११ देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एक सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्छ । एक सयदेखि दुई सय मिलिमिटरसम्मको वर्षालाई धेरै भारी (धेरै ठूलो) वर्षा भन्ने गरिन्छ । तर, यो भूगोल र स्टेसन अनुसार फरक–फरक हुन्छ ।
मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा ३१ जेठमा मनसुन भित्रिएसँगै असार १ र २ गते पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा हुँदा बाढीपहिरोले जनधनको क्षति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
जेठ ११, २०८१ शुक्रबार
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कले जनाए विरोध
जेठ ११, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार