प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो: गौतम
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १८:२:२
८ असार, काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसकेको बताएका छन् ।
प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको अन्तर संवादमा गौतमले वर्तमान गठबन्धन सरकारले देश हाँक्न नसकेकाले विकल्पको ढोका खुलेको बताएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको समाचार आइरहेको बताउँदै उनले सरकार परिवर्तनको खेलमा एमाले नलाग्ने भए पनि वर्तमान सरकार देश हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए ।
‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफैँ असफल सावित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । देश असफल बन्दा हामी टुटुटुलु हेरेर बस्न सक्दैनौं । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’
वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गर्दै उनले भने, ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । त्यसको उद्धार, खोजी, राहत, उपचार, पुनःस्थापना गर्ने कुरामा सरकार मौन छ । सरकारसँग जवाफदेहिता छैन। चौतर्फी गम्भीर मानवीय प्रश्न उठेका छन । जनता नै सरकारको विकल्पको पक्षमा छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार