बगान भन्नै पर्ने कथा थियो : अभिनेता सरोज खनाल
नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार १३:४६:२५
९ असार, काठमाडौं। अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल 'बगान' मार्फत निर्देशक बन्दैछन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र आगामी २९ गते प्रदर्शन हुँदैछ । उनले डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्याउने कोसिस गर्दैछन् । त्यसो त उनले सोच बनाएर आफू निर्देशनमा आएका होइनन् । आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्वसमेत बुझ्दछन् ।
'मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मध्ये बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ', अभिनेता खनालले भने,'यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।' उनले आफ्नो मामाकी छोरी अर्थात् बहिनीले एकल महिलाको रुपमा भोगेको समस्या र समाजसँग गरेको संघर्षलाई नजिकबाट महसुश गरेका थिएँ ।
सम्पन्नताकै बीच पनि बहिनीको मन खुसी नभएको अभिनेता खनाल सम्झिन्छन् । उनले भने, 'एकपटक परिवारको रमाइलो माहोलमा थियौँ । आफ्नै परिवारसँग समेत उनी खुलेर खुसी बाड्न सकेकी थिइनन् । उनमा रहेको दुविधा बाहिर धेरै दिदीबहिनामा हुन् सक्छ । त्यसलाई हटाउने र बुझाउने काम ठूलो पर्दामार्फत गर्दैछौँ ।'
ती बहिनीको विवाह भएपछि बल्ल नयाँ जीवन पाएको अभिनेता खनालले सम्झिए । 'अहिले उनलाई छुटै पाउँछु । उनले बल्ल जीवन बचेकी छिन्', उनले भने । आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफू भन्दा वरिष्ठ कलाकार नै बढी राखेर चलचित्रमा काम गरेका छन् । किनकि सिनियर कलाकार अभिनयमा पोख्त हुनुका साथै चरित्र अनुसार उपयुक्त थिए ।
चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर र नव अभिनेत्री प्रमिला कार्कीले गरेको अभिनयको निर्देशक र अनुभवी कलाकारको हैसियतले उनले तारिफ गरे । 'यसमा करिश्माको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । उनी सुन्दर छिन्, यो भूमिकाले उनमा झनै सुन्दरता थपेको जस्तो लाग्छु, अभिनेता खनालले भने,' प्रमिला नयाँ थिइन् । छायांकन अगाडी उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन् ।'
एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका अभिनेता खनालले आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने योजना सुनाए । यद्यपि कलाकारितालाई पनि सँगै अगाडी बढाउने उनले बताए । चलचित्र 'बगान' मा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स.तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिखिल नयाँ हेयरका साथ पर्दामा फर्किने तयारीमा
असोज ११, २०८१ शुक्रबार
फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त
असोज १०, २०८१ बिहिबार
फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित
असोज १०, २०८१ बिहिबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार